• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

संघीय निजामती सेवा विधेयकलाई जनताको पक्षमा ल्याउने गरी काम गर्नुपर्छ: सन्तोष परियार



काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संघीय निजामती सेवा विधेयकप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले सो विधेयकलाई जनताको पक्षमा ल्याउने गरी काम गर्नुपर्ने प्रश्ताव समेत गर्नुभयो । सो विधेयकले लामो संघर्षबाट स्थापित गरेको राजनीतिक व्यवस्थालाई, संघीयतालाई,समावेशितालाई हामीले साँच्चै नै आत्मासात गर्नुपर्ने उहाँको भनाई थियो । प्रमुख सचेतक परियारले देशको तमाम विविधता सांस्कृतिक, धार्मिक, जातीय सबै विविधतालाई सम्बोधन हुने गरी सो विधेयक बनाउनुपर्ने बताउनु भयो । उहाँले क्षमताको नाममा एकल जातीय बर्चश्वको निजामती सेवा बनाउने कुरा मान्य नहुने बताउनु भयो ।

प्रमुख सचेतक परियारले भन्नुभयो, ‘क्षमता इतिहासको हुन्छ । क्षमता समुदायको हुन्छ । क्षमता विभिन्न संरचनाबाट पाएको लाभांशको आधारमा हुन्छ । तसर्थ, क्षमताको मात्रै कुरा गरेर स्थायी सरकार भन्ने निजामती सेवा एक एकल जात, एकल भाषी, एकल लिंग यो देखिने भयो भने फेरी पनि अहिले लाग्न सक्छ–हामी क्षमताको कुरा गरिरहँदा, यो राज्यलाई समृद्ध बनाउने कुरा गरिरहँदा हामी भन्न सक्छौं–हामी ठूलाठूला कुरा गर्न सक्छौ । तर यो देशका सम्पूर्ण विविधता निजामतीमा देखिएन भने महिलाहरुको उपस्थिति निजामती भएन भने, यो देशका १३ प्रतिशतभन्दा बढि दलितहरुको उपस्थिति निजामतीमा भएन भने हामीले उपलब्ध गरेको राजनीतिक व्यवस्थाको के अर्थ ? र अर्को कुरा सम्माननीय सभामुख महोदय, निजामती सेवाले सार्वजनिक सेवा भन्न रुचाउँछु म अझ । यसले राज्यको प्रतिनिधित्व गर्छ ।

हामीले व्यवस्था परिवर्तन गर्‍यौं । के हाम्रो व्यवहार परिवर्तन भयो ? यदि हाम्रो यो स्थायी सरकारको व्यवहार परिवर्तन भएन भने यसले गर्ने भाषा परिवर्तन भएन भने, यसले गर्ने व्यवहार परिवर्तन भएन भने सेवाको नाममा शासन गर्ने प्रवृति भयो भने फेरी पनि हामीले यत्रो संघर्षबाट प्राप्त गरेको उपलब्धिहरुलाई जर्गेना गर्न सक्छौ जस्तो मलाई लाग्दैन । पूर्व आफ्नो मत राख्ने माननीयजीहरुले भन्नु भयो कि यसमा अन्तरपार्टी काम गरौ । हो, यो सामान्य कुरा होइन । एउटा पार्टीको मात्रै विशेष कुरा होइन । साँच्चीकै हामीले लामो संघर्षबाट स्थापित गरेको राजनीतिक व्यवस्थालाई स्थापित गर्ने हो भने, संघीयतालाई साँचो अर्थमा जनताको पक्षमा ल्याउने हो भने, समावेशितालाई हामीले साँच्चनै आत्मासात गरेको हो भने र यो देश तमाम विविधता सांस्कृतिक, धार्मिक, जातीय सबै विविधताको हो भन्ने हो भने यो विधेयकलाई तदनुरुप बनाऔं । र यो विधेयकको सैद्धान्तिक पक्षमा काम गरौं ।’

प्रमुख सचेतक परियारले सबै पार्टीहरुले मिलेर सो विधेयकको सैद्धान्तिक पक्षमा काम गर्नुपर्ने बताउनु भयो ।