१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्ज कारागारका एकजना कैदीको मृत्यु



अ+ अ-

खजुरा । नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले बताउनुभयो ।

उहाँका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका कारागार कार्यालयले जनाएको छ । गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए । रासस