६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्ज कारागारका एकजना कैदीको मृत्यु



अ+ अ-

खजुरा । नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले बताउनुभयो ।

उहाँका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका कारागार कार्यालयले जनाएको छ । गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए । रासस