• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता



नयाँदिल्ली । भारतमा आगामी लोकसभाका लागि हुन लागेको आमनिर्वाचनका लागि विपक्षी नेता राहुल गान्धीले केरलाको वायनाडबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

उम्मेदवारी दर्ताका क्रममा गान्धीका हजारौं समर्थक उहाँकै साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

गान्धी परिवारको लामो विरासत बोकेका ५३ वर्षीय राहुल गान्धीको काँग्रेस आई पार्टी पछिल्ला दुई आमनिर्वाचनमा नराम्रोसँग पराजित भएको थियो ।

यसपटकको चुनावमा पनि भारतीय जनता पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीसामु काँग्रेस आई कमजोर रहेको अनुमान गरिएका छन् । मोदी विरोधी मोर्चाको नेतृत्व गरिरहेका राहुल गान्धीलाई यसपटक पनि बहुमत ल्याउनु फलामको च्यूरा चपाएसरह रहेको छ ।

तैपनि दक्षिणी राज्य केरलाको वायनाडमा उहाँको समर्थनमा धेरै मानिस उपस्थित भएका छन् ।

बहिनी प्रियङ्का गान्धी सहित वायनाड पुगेका राहुल गान्धीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूले आमजनतालाई आफ्नै परिवारसरह मान्ने गरेको बताउनु भएको थियो ।

वायनाडमा यो उहाँको दोस्रो उम्मेदवारी हो । उहाँ सन् २०१९ मा यही क्षेत्रबाट लोकसभा सांसदमा निर्वाचित हुनु भएको थियो । तर केही समयअघि उहाँले प्रधानमन्त्री मोदी लक्षित गलत टिप्पणी गरेको आरोपमा अदालतको आदेशबाटै सांसद पद गुमाउनु परेको थियो ।

भारतमा आगामी अप्रिल १९ बाट छ हप्ता लामो शृंखलाबद्ध चुनाव हुँदैछ जसमा झण्डै एक अर्बले मतदान गर्नेछन् ।