११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

चतराधाममा चैत २७ देखि एक महिना महाकुम्भ मेला लाग्दै

चतराधाममा चैत २७ देखि एक महिना महाकुम्भ मेला लाग्दै
अ अ+ अ-

काठमाडौँ: बराह क्षेत्र नगरपालिका–१, चतराधाम सुनसरीमा यही चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म एक महिना ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला हुने भएको छ ।

प्रधानमन्त्री कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जगतगुरू बालसन्त मोहनशरण देवाचार्यले धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थानका रुपमा विश्वमा परिचित गराउने उद्देश्यले बाह्रवर्षे महाकुम्भ मेलाको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले सप्तकोशीको किनारमा रहेको चतराधाम धार्मिक र आध्यात्मिक दृष्टिकोणले समेत उत्कृष्ट पवित्रस्थल रहेको चर्चा गर्दै यहाँ आयोजित उक्त मेलामा सहभागी भई स्नान गरेमा सबैले पुण्य प्राप्त गर्ने धारणा राख्नुभयो । यो महाकुम्भ मेला नेपालको धार्मिक पर्यटकको आकर्षणको केन्द्रविन्दु समेत हुने गरेकाले यसबाट नेपालको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी बढीभन्दा बढी स्वदेशी तथा विदेशी धार्मिक पर्यटक एवं तीर्थालु भित्र्याउन नेपालले विशेष अभियान नै सञ्चालन गर्न सक्ने जगत्गुरु देवाचार्यको भनाई थियो ।

महाकुम्भ मेलामा नेपाल, भारत, बङ्गलादेशसहित १० देशबाट एक करोडभन्दा बढी भक्तजन आउने विश्वास गरिएको गुरु देवाचार्यले जानकारी दिनुभयो । भारतका चार स्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामो समयदेखि कुम्भमेला आयोजना हुँदै आएको छ । बराह क्षेत्रमा विसं २०५९ देखि जगत्गुरु देवाचार्यको पहलमा महाकुम्भको आयोजना हुन थालेको हो । यहाँ प्रत्येक छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेलाको आयोजना गर्ने गरिएको छ । सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको छ ।

जगत्गुरु देवाचार्य पौराणिक व्यवस्था तथा मान्यतामा चताराधाम नै महाकुम्भको आयोजना गर्नुपर्ने स्थानका रुपमा उल्लेख रहेको व्याख्या गर्नुहुन्छ । आफूले वैदिक सनातन धर्मग्रन्थहरुको अध्ययनबाट चताराधाम नै महाकुम्भको आयोजना गर्ने उचित स्थानका रुपमा पाएर यहाँ यो मेलाको आयोजना गर्न लगाएको दाबी गर्नुहुन्छ । यो महाकुम्भ नेपालमा आयोजना हुने एक उत्कृष्ट एवं पवित्र अनुष्ठान भएकाले यसमा सहभागी भएर धार्मिक एवं अध्यात्मिक लाभ लिन पनि जगतगुरु देवाचार्यले सबै नेपालीलाई आह्वान गर्नुभयो ।

प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलको संयोजकत्वमा महाकुम्भ मेला तयारी समिति गठन गरिएको थियो । सचिव पोखरेलले चतराधाममा हुन गइरहको महाकुम्भ मेला धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले धेरै महत्वपूर्ण रहेको बताउनुभयो ।  उक्त क्षेत्र धार्मिक पर्यटनका लागि निकै महत्वपूर्ण स्थान रहेको र मेलामा आवतजावतका लागि भक्तजनलाई शान्तिसुरक्षा एवं आवश्यक अन्य व्यवस्थापन गरिसकिएको जानकारी सचिव पोखरेलले दिनुभयो ।

‘मेरो देशको तीर्थ, मेरो देशको सान: सनातन धर्म र संस्कृति मेरो देशको पहिचान’ भन्ने नाराका साथ उक्त बाह्रवर्षे महाकुम्भ मेलाको आयोजना गरिएको हो । यस मेलाका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको पनि उहाँले जानकारी दिनुभयो । रासस