१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्थली विमानस्थलमा पहिलोपटक एक्स–रे मेसिन



अ+ अ-

मन्थली । रामेछापको मन्थली विमानस्थलबाट सोलुको लुक्ला जाने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि चेकजाँचका लागि एक्स–रे मेसिन राखिएको छ । नियमित चेकजाँच सहज बनाउने उद्देश्यले मन्थली विमानस्थलमा पहिलोपटक एक्स–रे मेसिन राखिएको हो ।

मेसिन नहुँदा हवाईजहाजबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुहरुको प्रहरीले सबै झोला खोलेर चेकजाँच गर्ने गरेको थियो । जहाजमा लैजान प्रतिबन्धित गरिएका सामान ओसारपसार नहोस् भनेर प्रहरीले यात्रुका झोला खेलेर नै जाँच गर्ने गरेको थियो ।

जिल्लामा मेसिन प्राप्त भएपछि झोला खोलिरहनु पर्ने झन्झट नभएको र समयको समेत बचत हुने गरेको नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत उज्ज्वल गुरागाईंले बताउनुभयो । उहाँका अनुसार उक्त मेसिन नागरिक उड्डयन प्राधिकरण काठमाण्डौँले रामेछापलाई उपलब्ध गराएको हो । रासस