११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले राष्ट्रपति सहित अन्य बिरुद्ध दायर गरेको रिटको पेशी आईतबार



अ+ अ-

काठमाडौं । संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटको पेशी आईतबारका लागि तोकिएको छ । 

रिट निबेदन लिएर सर्बोच्च अदालत आफै पुग्नु भएका सपकोटाले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश,  राष्ट्रियसभा अध्यक्ष, मुख्य सचिव शंकरदास वैरागी र शपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सहित ३७ जना  लाई विपक्षी बनाउनु भएको छ । सरकारको निर्णइए बिरुद्ध सभामुख आर्फ सर्बोच्च अदालतमा रिट दर्ता गर्न पुगेको यो पहिलो घटना हो ।

सभामसख सापकोटासंगै शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै विघटित प्रतिनिधिसभाका सदस्यहरू शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापा पनि सर्बोच्च अदालत पुग्नु भएको छ ।