• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

बालिका जबर्जस्ती करणी अभियोगमा १९ वर्ष कैद फैसला



दमौली । तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलबारको इजलासले सजाय निर्धारणमा अन्तिम आदेश सुनाउँदै अभियुक्त म्याग्दे गाउँपालिका–५ का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय गरेको हो ।

साथै अभियुक्तबाट पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका से्रस्तेदार केशवप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । उक्त मुद्दामा तनहुँ जिल्ला अदालतमा आठ पटक पेसी तोकिएको थियो । परिवर्तित नाम २०७९ (१)लाई जबर्जस्ती करणी गरेको अभियोगमा निजविरुद्ध विसं २०७९ साउन २६ गते जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।

आरोपितविरुद्ध बालिकाका आफन्तले विसं २०७९ साउन १ गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए । आरोपितले विसं २०७९ असार २९ गते पोखराकी उक्त बालिकालाई मोटरसाइकलमा तनहुँको भिमाद बजारमा ल्याई एक गेष्ट हाउसमा राखी बलात्कार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेका थिए ।

प्रहरीले विकलाई साउन १ गते पक्राउ गरेको थियो । प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमाफत साउन २६ गते बलात्कारसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेकामा अदालतको आदेशमा साउन २७ गतेदेखि उनी पुर्पक्षका लागि थुनामा थिए ।