एजेन्सी । २०११ को विश्वकपमा भारतीय ब्याट्सम्यान युवराज सिंहले गरेको चमत्कारको कल्पना गर्दा मात्रै मानिसको मन काँप्छ । आजकै दिन भारतले विश्वकपको उपाधि उचालेको थियो ।
शरीरमा क्यान्सर रोग हावी थियो र मैदानमा मुखबाट बान्ता भएर रगत निस्किरहेको थियो । तर ती व्यक्ति हार स्वीकार गर्न सक्दैनन् । भारतको भूमिमा खेलिएको विश्वकपमा युवराजको जोशभन्दा ठूलो केही थिएन । उनको टाउकोमा एउटै जोश थियो र त्यो पनि भारतलाई विश्व च्याम्पियन बनाउने भोक ।
गौतम गम्भीरको ९७ रनको इनिङ्स होस् वा महेन्द्र सिंह धोनीको ब्याटबाट निस्केको छक्का अझैपनि फ्यानहरु ती पल सम्झन्छन् । तर, भारतीय टोली उक्त फाइनलमा पुग्न सफल भएकामा युवराजको ठूलो भूमिका थियो ।
युवराज सिंहका लागि पूरै विश्वकप २०११ अचम्मको रह्यो । तर, प्रतियोगिताको क्वार्टरफाइनलमा अस्ट्रेलियाविरुद्ध खेलेको उनको इनिङ्स सबैभन्दा विशेष मानिएको छ ।
डिफेन्डिङ च्याम्पियनलाई विश्वकपबाट बाहिर निकाल्नु सानो कुरा भने थिएन । २६१ रनको लक्ष्य पछ्याएको भारतीय टोलीले १६८ रनको स्कोरमा ४ विकेट गुमाएको थियो । युवराज मैदानमा आइपुग्छन् । १९ रन स्कोर बोर्डमा, कप्तान धोनी पनि प्याभिलियन तर्फ लागे ।
खेलमा कंगारु (अष्ट्रेलिया)ले वर्चस्व कायम गर्न थालेपछि अहमदाबादमा सन्नाटा छायो । तर, भारतको सिंह छाती उचाल्दै अस्ट्रेलियाको अगाडि उभिएको थियो । दबाबले भरिएको यो खेलमा युवराजले ६५ बलमा ५७ रनको बलियो इनिङ खेले ।
युवी र सुरेश रैनाले अटूट अर्धशतकीय साझेदारी गर्दै भारतीय टोलीलाई सेमिफाइनलको टिकट दिलाएका थिए । ब्याटिङसँगै युवराजले यस खेलमा ब्राड ह्याडिन र माइकल क्लार्कको ठूलो विकेट पनि लिएका थिए ।
युवराज सिंहलाई टूर्नामेंटको बीचमा नै थाहा भयो कि उनी क्यान्सरजस्ता गम्भीर रोगबाट पीडित छन् । मैदानमा रगत बगिरहेको थियो र शरीरले प्रतिक्रिया दिइरहेको थियो । यद्यपी युवराजले विश्वकपभर यसबारे कसैलाई जानकारी दिएनन् । युवी आफ्नो पीडा र रोगसँग लड्दै रहे र २८ वर्षपछि भारतलाई क्रिकेट जगतको बेजोड राजा बनाएरै छाडे ।
सेमिफाइनलमा युवराजको ब्याटले काम गर्न नसके पनि भारतका स्टार खेलाडीले आफ्नो घुमाउरो बलले पाकिस्तानका दुई उत्कृष्ट ब्याट्सम्यानलाई फन्दामा पारेका थिए । युवीले असद शफिक र युनिस खानलाई प्याभिलियनको बाटो देखाएका थिए । दुई ओभरमा २ विकेट लिएर युवराजले सेमिफाइनल खेलमा उलटफेर ल्याएका थिए ।
सेमिफाइनल मात्र होइन, फाइनलमा पनि युवीको जादू चरम सीमामा थियो । युवराजले कुमार सांगकारा जो वानखेडे मैदानमा ४८ रन बनाएर सेट भइसकेका थिए उनलाई आउट पारे । यो विकेट त्यो थियो जसले उपाधि खेललाई धेरै हदसम्म भारतको पक्षमा पुर्यायो ।
युवराज सिंहले सन् २०११ को विश्वकपमा ९ खेलमा ८६.१९ को औसतमा ब्याटिङबाट ३६२ रन बनाएका थिए । युवीले ब्याटले भन्दा बलले बढी योगदान दिएका थिए । युवराजले प्रतियोगितामा ९ खेलमा १५ ब्याट्सम्यानलाई आफ्नो शिकार बनाएका थिए । जसका कारण उनी प्रतियोगिताको ‘प्लेयर अफ द टुर्नामेन्ट’ समेत चुनिए ।
एमएस धोनीको ब्याटबाट प्रहार गरेको त्यो विजयी प्रहारको खुशी युवीको आँखामा प्रष्ट देखिन्थ्यो । त्यो दिन सबैका आँखा भिजेका थिए तर ती आँखाहरु खुसीका थिए । २८ वर्षपछि पनि करोडौं भारतीय फ्यानहरूको सपना पूरा भएको थियो । क्यान्सरलाई पराजित गर्दै युवराजले देशलाई विश्वकप जिताउन सफल भएका थिए । युवीको साहस र कहिल्यै नमर्ने जोशलाई सारा संसारले सलाम गरेको थियो ।