२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि



अ+ अ-

काठमाडाैँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ । सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङमाथि १९ रनको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो ।

वर्षाले प्रभावित बनेको खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस पद्धतिमा १९ रनले हराएको हो । हङकङले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ११ दशमलव ३ ओभरमा २ विकेट गुमाएर ११४ रनको योगफल बनाएको थियो । त्यसपछि वर्षा भएपछि नेपाल र हङकङबीचको खेल रोकिएको थियो ।

वर्षाका कारण खेल पुन सुरु हुन नसकेपछि नेपालले डकवर्थ लुइस पद्धतिमा नेपालले प्रतियोगिताको उपाधिमाथि जित हासिल गरेको हो । नेपालका लागि ओपनर कुशल भूर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ४० बलमा ८ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६५ रन बनाएका हुन ।

त्यस्तै अर्का ओपनर आसिफ शेख शून्यमा नै आउट भए । रोहित पौडेलले २४ बलमा ३५ रन जोडे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रनको योगफल बनाएको थियो । हङकङको लागि अशुंमन रथले सर्वाधिक ८० रनको योगदान दिए ।

उनले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङ खेलेका हुन । त्यस्तै सहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काका साथ ५५ रन बनाउँदै आउट भए । शिव माथुरले २१ बलमा २६ रन बनाए । बलिङतर्फ नेपालका लागि शेर मल्लले चार विकेट लिए । त्यसैगरी करण केसीले दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट झारे ।

नेपालले सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता हङकङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको थियो । यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजनामा हुने एसियन खेलका लागि छनोट भइसकेका छन् ।