११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासीको हातमा पुर्जा दिन सरकार आतुर छ : मन्त्री तुम्बाहाम्फे



अ+ अ-

काठमाडौं । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सुकुम्बासीहरुको हातमा पुर्जा दिनको लागि सरकार आतुर रहेको बताउनुभएको छ । 

शनिबार काठमाण्डौमा भुमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिका अध्यक्ष र सदस्यहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाम्फेले सरकार अव्यवस्थित तरिकाले बसोबास गरिरहेका प्रत्येक सुकुम्बासीहरुको हातमा पुर्जा दिनका लागि आतुर रहेको बताउनुभएको हो । सरकारको आतुरतालाई व्यवहारमा उर्तानको निम्ति भुमि समस्या समाधान आयोगका पदाधिकारीहरुले पहलकदमी लिनुपर्ने उहाँको भनाई छ । सरकार र आम सुकुम्बासीले आयोगका नवनियुक्त पदाधिकारीहरुमाथि आशा र भरोसा गरेको पनि उहाँले बताउनुभयो ।

सुकुम्बासीहरुको लगत संकलन गर्दा स्थानीय तहले गलत विवरण भर्नसक्ने भएकाले आयोगका पदाधिकारीहरुले नियमन गर्नुपर्ने उहाँले बताउनुभयो । गलत मानिसको हातमा पुर्जा दिलाउन विभिन्न समुह सक्रिय हुनसक्ने भएकाले तिनको पहिचान गर्ने जिम्मेवारी रहेको पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । आयोगका सदस्यहरु आर्थिक लोभमा पर्न सक्ने भन्दै मन्त्री तुम्बाहाम्फेले समय मै सचेत रहन आग्रह गर्नु भयो ।

आयोगका पदाधिकारीहरुले स्थानिय तहले गरेका कामको नियमन गर्नुपर्ने र निर्दिष्ट ऐन भन्दा बाहिर गएर काम नगर्न पनि उहाँले निर्देशन दिनुभयो ।