१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

इलाममा ‘अन्तु पर्यटन महोत्सव’

इलाममा ‘अन्तु पर्यटन महोत्सव’
अ अ+ अ-

इलाम । स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका–४ स्थित श्रीअन्तुमा पर्यटन महोत्सव हुने भएको छ । नयाँ वर्षका अवसरमा यही चैत २८ गतेदेखि आगामी वैशाख १ सम्म ‘अन्तु पर्यटन महोत्सव–२०८१’ को आयोजना हुने भएको हो ।

“हाम्रा रैथाने उत्पादन र मौलिक संस्कृतिको प्रदर्शन गरेर आगन्तुक पर्यटकलाई चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो”, उपप्रमुख एवं महोत्सव मूल आयोजक समितिका संयोजक दुर्गाकुमार बरालले भन्नुभयो, “कलाकारहरुको सांस्कृतिक प्रस्तुतिका साथै विभिन्न जातजातिका मौलिक नृत्य, झाँकी प्रदर्शन हुन्छन् । स्थानीय तथा मौलिक खाद्य परिकारसहित स्थानीय हस्तकलाको स्टल राख्नेछौँ ।”

महोत्सवमा यम बराल, भूपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, यशोदा पराजुली, फुटी शेर्पा, रवि रिमाललगायत कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । लागुपदार्थ दुव्र्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियमन, नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक सचेतना कार्यक्रम पनि गरिने बरालले बताउनुभयो ।

“युवाशक्ति लागुपदार्थको सेवन र दुव्र्यसनीमा फस्दै गएका छन् । मदिरा तथा सुर्तीजन्य वस्तुको नियमन र नियन्त्रणमा चुनौती थपिँदैछ”, बरालले भन्नुभयो, “यस्ता कुराको नियन्त्रण सन्देशमूलक सचेतनाबाट मात्र सम्भव छ । सचेतनामा लागि र्‍याली आयोजना गर्नेछौँ । महोत्सवको उद्देश्य स्थानीय कला, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै युवालाई कुलतमा फस्नबाट रोक्नु पनि हो ।”

महोत्सवका अवसरमा ‘दोस्रो सूर्योदय आइडलको ग्रान्ड फिनाले’ समेत गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताउनुभयो । “प्रतियोगितामा अन्तिम आठ प्रतियोगी हुनुहुन्छ”, उहाँले भन्नुभयो, “उहाँहरुको प्रस्तुति तथा विजेता घोषणा कार्यक्रम महोत्सवमै गर्नेछौँ ।”

चैत २८ गते बृहत् नगर सरसफाइ कार्यक्रम राखिएको भन्दै अन्तु परिसरलाई सुन्दर बनाउँदै पर्यटकको आकर्षक केन्द्रका रुपमा प्रवर्द्धन गरिने भट्टराईले बताउनुभयो । “चैत ३० गते सूर्योदय आइडलको प्रस्तुति, विभिन्न खाद्यपरिकारका स्टल, साँझमा दिपावली र डिजे सेसनका कार्यक्रम रहेका छन्”, उहाँले भन्नुभयो ।

नयाँ वर्षको पहिलो दिन बिहानै पर्यटकलाई सूर्योदयको दृश्यावलोकन गराएर शुभकामना आदानप्रदान गर्नुका साथै कार्यक्रमको उद्घाटन गर्ने आयोजकको तयारी छ । “स्टलहरु राखिएकै हुन्छन् । पर्यटकले अवलोकन तथा किनमेल गर्छन्, फोटो खिच्ने भिडियो बनाउने गर्छन् । सांस्कृतिक कार्यक्रममा सहभागी भएर यहाँको कला, संस्कृतिलाई नजिकबाट बुझ्नेछन्” नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले भन्नुभयो, “समापनको दिन सूर्योदय आइडल विजेता घोषणा तथा पुरस्कार वितरण गर्नेछौँ । कलाकारको प्रस्तुतिमा आगामी वैशाख १ गते अन्तु सङ्गीतमय बन्नेछ ।”

महोत्सव आयोजना गर्न रू १० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सव अधिभर करिब दश हजार पर्यटक भित्रिने अपेक्षा राखिएको प्रवक्ता भुजेलले बताउनुभयो ।

शुक्रबार र शनिबार अन्तुमा पर्यटक सङ्ख्या अन्य दिनको तुलनामा बढी हुने गरेको छ । नयाँ वर्षको अवसर परेर महोत्सव गर्दा दशौँ हजार पर्यटकलाई यहाँको रैथाने उत्पादन, कला, संस्कृति र सभ्यता चिनाउन सकिन्छ”, नगरपालिकाका योजना अधिकृत खेम राईले भन्नुभयो, “रू दश लाखमा महोत्सव सकिने अनुमान गरेका छौँ । करिब १० हजार पर्यटक महोत्सवमा सहभागी हुने अपेक्षा लिएका छौँ ।” रासस