२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी बैठक बस्दै



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाले उपनिर्वाचनका उम्मेदवारका विषयमा छलफल गर्न बुढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।

आगामी वैशाख १५ मा हुने इलाम— २ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवारबारे छलफल गरिने बताईएको छ । यस्तै, उम्मेदवारको टुङ्गो लगाउन पार्टिले मंगलबार कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ । कार्यसम्पादन समितिको बैठकअघि आज पदाधिकारी र पूर्व पदाधिकारीबिच छलफल हुन लागेको हो ।

आजको छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले इलाम—२ को उम्मेदवारका सन्दर्भमा रिपोर्ट राख्ने बताईएको छ । इलाम— २ का लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ ।

यस्तै, बझाङ प्रदेशसभा (१)का लागि १० जनाको नाम सिफारिस गरेको छ । जसमा सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, अभिषेक सिंह, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ र ध्रुवराज उपाध्याय र नारायण हमालको नाम रहेको छ ।