१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

सरकारले नेपाल प्रहरीको मनोबल खस्काउने काम नगरोस्: प्रदीप यादव

सरकारले नेपाल प्रहरीको मनोबल खस्काउने काम नगरोस्: प्रदीप यादव
अ अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपाल प्रहरीको मनोबल गिराउने काम नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।

सुन तस्करी छानविन समितिको प्रतिवेदनमाथि पनि अर्को छानविनको काम अघि बढाएर सरकारले नेपाल प्रहरीको अनुसन्धानलाई हतोत्साही बनाउने काम गरेकाले त्यसलाई तत्काल बन्द गर्नुपर्ने उहाँको भनाई थियो । सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक यादवले नेपाल प्रहरीले प्रविधिको अभावमा पनि अनुसन्धानको काममा एकपछि अर्को सफलता प्राप्त गरेपनि सरकारले नै उनीहरुमाथि छानविन समिति बनाएर मनोबल गिराउने काम गरेको आरोप लगाउनु भयो । उहाँले सुन तस्करी जाँझबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै अघि बढनुपर्नेमा सरकारले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतमाथि नै छानविन थालेर गल्ती गरेको जिकिर समेत गर्नुभयो ।

प्रमुख सचेतक यादवले भन्नुभयो, ‘केही दिन अगाडि सुन तस्करी जाँचबुझ आयोगले एउटा प्रतिवेदन नेपाल सरकारलाई बुझायो । त्यसपछि मुलुकमा तरंग आयो । पूर्वसभामुख कृष्णबहादुर महरामाथि पनि त्यसले चाहीँ औँला ठड्यायो । अर्को कुरा सिआईवीमाथि पनि औँला ठड्यायो । निश्चित रुपमा सिआईवी एउटा ठूलो संस्था हो । त्यसले आफ्नो प्रतिवेदन, आफ्नो प्रमाणको आधारमा सुन तस्करीमा संलग्न व्यक्तिहरुलाई उसले मुद्दा अदालतमा बुझायो । अदालतले प्रणाण हेरिकन कसैलाई छोड्यो, कसैलाई धरौटीमा छोड्यो । तर उसित जुन प्रमाण थियो । त्यही आधारमा सिआईवीले मुद्दा प्रक्रिया अगाडि बढायो । एक त नेपाल प्रहरीसँग नयाँ प्रविधि कति छ ? त्यो हामी सबैलाई जानकारी नै छ । अहिले नयाँ युगमा पनि नेपाल प्रहरीले मेनुअलको आधारमा काम गर्नुपरेको छ । र पनि धेरै काममा सफलता हात पारेको छ । अर्को कुरा नेपाल सरकारले के गर्छ भने सिआईबीले सुन तस्करीमा काम गरिराखेको छ ।’

‘प्रतिवेदन बुझाएको छ । त्यसको माथि एउटा छानविन समिति आयोग बनाउँछ । अव वर्तमान प्रहरीमाथि पूर्व प्रहरीले छानविन गर्छ । के गर्छ भने जुन अनुसन्धान अधिकृत दिनरात खटेको हुन्छ । त्यो माथि कारबाही गर्न सरकारलाई निर्देशित गर्छ । सरकारले सिआईवीका अनुसन्धान अधिकृतलाई कारबाही गर्न अघि बढछ । भोलीमा दिनमा यसरी छानविनमाथि छानविन गर्ने हो भने कोही पनि प्रहरी काम गर्न बाध्य हुँदैन । डराउँछ काम गर्न लागि । यही अदालतको कुरा गरौं । अपराध ठहर भएको छैन, पुलिसले मुद्दा चलाउँछ । जिल्ला अदालतमा लैजान्छ । जिल्ला अदालतले त्यसलाई छोडिदिन्छ । फेरि उच्च अदालतमा जान्छ फाईल । उच्च अदालतले त्यसलाई फेरि थुनिदिन्छ । फेरि सर्वोच्चमा जान्छ । सर्वोच्च अदालतले छोडिदिन्छ । यो राम्रो कुरा होइन सभामुख महोदय । त्यसकारण नेपाल सरकारले एउटा संस्थाले छानविन गरिरहेको छ भने गरोस् । तर संस्थाको मनोबल खस्काउने काम नगरोस् । प्रक्रिया शुरु भएको छ । ’

प्रमुख सचेतक यादवले नेपाल प्रहरीको अनुसन्धानमाथि नै प्रभावित पार्ने काम सरकारले गर्न नहुने स्पष्ट पार्नुभयो ।