४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कनिका छरेजस्तो गरी बजेट नछर्न मन्त्रीहरुलाई सांसद ढकालको आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी नछर्न मन्त्रीहरुलाई आग्रह गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद ढकालले आगामी आर्थिक वर्षको बजेट विगतको जस्तैगरी कनिका छरेजसरी नछर्न आग्रह गर्नुभएको हो । उहाँले पहुँचको आधारमा आफ्नो क्षेत्रमा बजेट लान दिनु नहुने पनि बताउनु भयो । उहाँले सांसदहरुको लेटरप्याडलाई चिर्कटोको संज्ञा दिँदै चिर्कटोमा लेखेर दिएको भरमा आयोजनामा बजेट दिनु नहुने बताउनु भयो । उहाँले बजेट विनियोजनमा विगतको निरन्तरता दोहोर्‍याउनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मन्त्रालयहरुमा बजेटको सिलिङहरु तय हुँदै गर्दा मन्त्रालयहरुमा हाट, बजार लागेको जस्तो भएको छ, योजना माग्न जानेहरुको । ति योजनाहरु कुनै प्रक्रिया पुगेर गएका छैनन् । एउटा लेटरहेडको चिर्कटो अथवा डायरीमा टिपेका चिर्कटोहरु प्रश्तुत हुने अनि बजेट प्रश्तुत हुँदै गर्दा विगतकै निरन्तरता हुने देखेको छु । बजेट र योजनाको यो शैलीको कारणले विगतका असरल्ल आयोजनाहरुलाई हेर्दै गर्दा फेरि यसवर्ष पनि विगतको निरन्तरता भयो भने हामीले यथास्थिति र निरन्तरतावाद बाहेक अरु केही पनि पाउने छैनौँ । योजना छनौटका सन्दर्भमा पहुँचका आधारमा लैजाने हुन आगामी आर्थिक वर्षमा हुन नदिऔँ । हाम्रो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीज्यु यही गरिमामय सदनमा हुनुहुन्छ, म आग्रह गर्दछु, कनिका छरेको जस्तो बजेट यसपटक कृपया नछरिदिनु होला । विगतमा निरन्तरता नदोहोर्‍याइदिनु होला ।’

उहाँले पूर्वी चितवनमा आगामी आर्थिक वर्षसम्म इलाका प्रशासन कार्यालय लानका लागि माग गर्नुभयो ।