• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती ★   सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत फेला ★   तीन महिनामा मरे तीन पाटेबाघ ★   सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तारुढ दलहरु सभामुखको बचाउमा ★   किसानलाई वरदान बन्यो झोलुङ्गे पुल ★   आशा छ धोनीले अर्को सिजन पनि खेल्नेछन्: सीएसकेका सीईओ विश्वनाथन ★   जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद: हिमाल भएका देशका समस्याबारे समान धारणा बनाउन सफल ★   निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल

आईपीएलः पहिलो जितको खोजीमा रहेको मुम्बईलाई रोक्ने दाउमा राजस्थान



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सोमबार मुम्बई इन्डियन्स (एमआई) र राजस्थान रोयल्स (आरआर) ले प्रतिस्पर्धा गर्दैछन् । यी दुईबीचको खेल साँझ ७ः४५ बजेदेखि मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ ।

पाँच पटकको विजेता मुम्बई आफ्नो सुरुवाती दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ । अर्कोतर्फ सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानको टोली सुरुवाती दुवै खेल जितेर तेस्रो स्थानमा छ ।

हेड टु हेडको कुरा गर्दा आईपीएलमा यी दुई टोलीबीच २८ खेल भएका छन् । मुम्बईले १५ र राजस्थानले १२ खेलमा जित निकालेको छ । एक खेल अनिर्णित रह्यो । दुई टोलीबीचको अन्तिम खेल गत वर्ष मुम्बईमा भएको थियो । जसमा मुम्बई ६ विकेटले विजयी भएको थियो ।

दुई टोलीबीच वानखेडे रंगशालामा भएको ८ खेलमा मुम्बईले ५ र राजस्थानले ३ खेल जितेको छ । पहिलो दुई खेलमा हार बेहोरेको मुम्बई इन्डियन्सको ब्याटिङ र बलिङ दुवै असफल भइरहेको छ । यो सिजन टिमका लागि तिलक वर्माले सर्वाधिक रन बनाए । उनले २ खेलमा ८९ रन बनाएका छन् । बलिङमा जसप्रित बुमराहले टिममा सर्वाधिक (३ विकेट) लिएका छन् ।

अर्कोतर्फ सुरुका दुई खेलमा राजस्थान रोयल्सका लागि टीम सन्तुलित रह्यो । ब्याट्सम्यानदेखि बलरसम्म सबैजना फर्ममा देखिन्छन् । यो सिजनमा आरआरका युवा शीर्ष क्रमका ब्याट्सम्यान रियान परागले टिमका लागि सर्वाधिक १२७ रन बनाएका थिए । जबकि स्पिनर युजभेन्द्र चहलले सर्वाधिक (३ विकेट) लिएका छन् ।

वानखेडेको पिच सामान्यतया ब्याट्सम्यानका लागि बढी सहयोगी साबित भइरहेको छ । उच्च स्कोरिङ खेलहरू यहाँ देखिएका छन् । विशेष गरी नयाँ बलमा बलिङ गर्दा यहाँका बलरहरूले राम्रो स्विङ र बाउन्स पाउँछन् । हालसम्म यहाँ १०९ आईपीएल खेलहरू खेलिएका छन् । पहिले ब्याटिङ गरेको टोलीले ५० खेलमा र लक्ष्य पछ्याएको टोलीले ५९ खेलमा जित निकालेको छ ।

सोमबार मुम्बईमा मौसम राम्रो रहनेछ । पानी पर्ने कुनै सम्भावना छैन । तापक्रम २४ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहने बताइएको छ ।