१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तारुढ दलहरु सभामुखको बचाउमा

सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तारुढ दलहरु सभामुखको बचाउमा
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा बोल्न नपाएको भन्दै सभामुखलाई सत्ताको इसारामा चलेको आरोप लगाएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ । काँग्रेसको अवरोधको कारण प्रतिनिधि सभा बैठक कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको हो । बैठक शुरु हुनासाथ नेपाली काँग्रेसका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर बिरोध जनाएका थिए भने सांसदहरुले बोल्नका लागि समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले बोल्नका लागि वातावरण बनाउन भन्दै बसेर सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर काँग्रेस सांसदहरु बस्न तयार नभएपछि सभामुखले कुनै कार्यसूची अगाडी नबढाइ बैठक स्थगित भएको जानकारी गराउनुभएको थियो । बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसदहरुले सभामुख सत्ताको इसारामा चलेको आरोप लगाउनु भयो । सांसद प्रदीप पौडेलले सभामुखले काँग्रेस सांसदहरुलाई बोल्न नदिएको भन्दै संसद प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यताकै उल्लंघन गरिएको बताउनु भयो । उहाँले सत्ताको इराशामा संसद एकलौटी ढंगले चलाउन खोजिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रतिपक्षले बोल्न पाउनुपर्‍यो भन्दा सभामुखले बोल्न दिनुभएन । संसद प्रतिपक्षको हुन्छ भन्ने आम संसदीय मान्यतालाई आज नेपालको संसदले उल्लंघन गरेको छ । सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोक्नुभएको छ । सभा शुरु हुनु अगाडी प्रतिपक्षको कुनै सांसदले बोल्न पाएको स्थिति थियो । आज त्यो पनि बन्द गरिएको छ । त्यसबाट संसद एकलौटी ढंगबाट चलाउने, जर्बजस्त गर्ने, सभामुख सम्पूर्ण रुपमा सत्ताको इसारामा चल्ने स्थिति बनेको छ । त्यो ढंगबाट अगाडी जाने उहाँहरुको कोशिस देखिन्छ । संसदले हल निकाल्ने होइन सरकारबाट संसदमा समस्या सिर्जना गर्ने, संसदलाई बन्दी बनाउने, संसदबाट प्रक्रियागत ढंगले होइन संसदलाई नियन्त्रण गरेर जर्बजस्ती अगाडी बढ्नेगरी कार्यदिशा तय गरिएको आजको सभामुखको भुमिकाबाट प्रष्ट हुन्छ ।’

यता, सत्तारुढ दल नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण आफूहरुले बोल्न नपाएको बताउनु भयो । प्रमुख प्रतिपक्ष दलका सांसदहरु पालैपालो बोलिरहेका भएपनि सत्ता पक्षका सांसदहरु भने बोल्न नपाएको उहाँको भनाई छ । उहाँले काँग्रेस सांसदहरुले सभामुखप्रति धारे हात लगाएर नाराबाजी गर्ने गरेर अशिष्ट र अशोभनीय शैली अपनाएको बताउनु भयो । उहाँले छिटोभन्दा छिटो संसद खुल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘यो संसदमा प्रमुख प्रतिपक्षले जे कुरा राख्नुभयो, बोल्न पाउनुपर्छ भन्नेकुरा त्यही कुरा हामी सत्तापक्षले पनि भन्दै आएका छौँ । प्रमुख प्रतिपक्षको कारणले गर्दा कोहीपनि सांसदहरुले बोल्न पाएनन् । देशभरका समस्याहरु संसदमार्फत् सरकारलाई सुनाउने, सरकारलाई खबरदारी गर्ने सांसदको अधिकार हो । त्यो अधिकार दुई महिनादेखि नेपाली काँग्रेसका माननीयज्युहरुले अवरोध गरिरहनु भएको छ । कांग्रेसका माननीयज्यूहरुले त बोलिरहनु भएको छ । पालो फेरि फेरि सबैलाई पुर्‍याउनु भएको छ । बोलिरहनु भएको छ । हप्काउनु भएको छ । सबैथोक गरिरहनु भएको छ । आरोपित गर्नुभएको छ । तर हामीले पो बोल्न पाएका छैनौँ । त्यसकारण हामी छिटोभन्दा छिटो यो हाउस खुलोस् । नीति, निर्माणको बाटो खुलोस् । सभामुखमाथि जसरी उहाँहरुले धारे हात लगाइरहनु भएको छ । सभामुखको अगाडी बसेर वेल घेराउको क्रममा सभामुखतर्फ औँला तेर्साएर तानाशाह मुर्दावादको जस्ता नारा पनि लगाइरहनुभएको छ । यो असाध्यै अशिष्ट, अशोभनिय तरिकाहरु हुन् । नेपाली काँग्रेसले यो शैलीलाई बदल्नुपर्छ । अवरोध खुलाएर सहजतातर्फ लैजाने कुरा उसको पनि दायित्व हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली काँग्रेसले विगतमा आफू बोल्ने र संसद अवरोध गर्ने गरेको भन्दै आजको बैठकमा बोल्ने भए सबैलाई बोल्ने वातावरण बनाउनेगरी बैठक अगाडी बढाउन खोज्नुभएको बताउनु भयो । उहाँले कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा काँग्रेस सांसदहरुलाई बोल्न नदिने नभनिएको स्पष्ट पार्नुभयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रमुख सचेतक परियारले सहकारी प्रकरणमा छानविन समिति बनाउने विषयमा आईतवारसम्म सहमति जुट्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रतिपक्षले बोल्न दिएन भनेर आरोप लगाउन स्वभाविक भयो । बोल्न नदिएको अवस्थामा । तर विगत लामो समयदेखि सदन चल्ने, सदन बस्ने अनि विरोध गर्ने । विरोध पछाडी प्रमुख प्रतिपक्षले अथवा कोही अमुक सांसदले केही कुरा राख्ने आफ्नो मुद्दा स्थापित गर्ने र सदन बन्द गर्ने हिड्ने । यो खालको भएको थियो । सभामुखको आजको भनाई के मात्र हो भने बोल्नलाई सबैजना बोल्ने । तर बोल्नका लागि तपाईहरु वातावरण बनाउनुस् भन्ने हो । कुनै कार्यव्यवस्थामा सल्लाह भएर उहाँहरुलाई बोल्न नदिने भनिएको होइन । सभामुखज्यूलाई जे उचित लाग्यो त्यो गर्नुभयो । आइतबारसम्म सहमती जुट्ने र संसद अगाडी बढ्नेछ ।’

नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षलाई संसदमा बारम्बार बोल्न दिइएको बताउनु भयो । उहाँले समस्या समाधानका लागि प्रधानमन्त्रीले प्रयास गरिरहेको बताउनु भयो । समस्या समाधानका लागि कार्यदलले निचोड निकाल्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘बारम्बार हामीले संसदमा प्रतिपक्षलाई पनि बोल्न दिएका छौँ । र समस्याको समाधान गर्नको लागि निरन्तर प्रयत्न गरिरहेको छ । अहिले सदन चलिरहेको छ । अध्यादेशको कुरा कहाँबाट आयो र ? सरकारले आफ्नो नीति, कार्यक्रम प्रश्तुत गरिसक्यो । त्यसपछि यो समस्या जुन आइरहेको छ । यो समस्याको समाधान गर्ने गरेर कार्यदल बनेको छ । त्यो कार्यदलले एउटा निचोड निकाल्दै छ । त्यसैका लागि आज सबै विषयवस्तुहरुलाई सकारात्मक ढंगले लैजाने गरेर हामी अगाडी बढेका छौँ । सहमती कहिले जुट्छ भन्ने कुरा जुटेपछि नै आउँला । अहिले नै आइरहेको छैन । जुटाउनका लागि सरकारको तर्फबाट प्रधानमन्त्रीले बारम्बार प्रयत्न गरिरहनुभएको छ ।’

त्यस्तै नेकपा(माओवादी केन्द्र)कै सांसद लेखनाथ दाहालले नेपाली काँग्रेसको अवरोधका कारण महिनौदेखि संसदमा बोल्न नपाएको बताउनु भयो । उहाँले कांग्रेस सांसदहरुले आफूहरुको मौलिक हकको अपहरण गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो भन्दा अगाडीको बैठकमा पनि प्रतिपक्षले बोलिसकेपछि फेरि संसद अवरुद्ध गरेको कुरा पनि सत्य हो नि । उहाँहरुले बोलिसकेपछि सदन सुचारु हुने सुनिश्चितता भएपछि सभामुखले बोल्न दिनुहुन्छ । मुख्यकुरा अहिले संसद अवरोधलाई निरुत्साहित गर्ने, संसदलाई बहशको थलो बनाउनुपर्छ । आलोचना गर्न, मुद्दा उठाउन पाइन्छ । तर एउटै मुद्दाले संसदलाई बन्धक बनाउने, उहाँहरु बोलिराख्ने । प्रतिनिधि सभाभित्र हामी पनि सांसद हौँ । हाम्रो मौलिक हकको अपहरण उहाँहरुले महिनौँदेखि गर्नुभएको छ । त्यो चाहीँ उहाँहरु स्वीकार्नुहुन्न । उहाँहरु मात्र सांसद हो त ? हामी पनि सांसद हो त । हामीले बोल्न नपाएको महिनौँ भयो । उहाँहरुले त बोल्नुभएको थियो योभन्दा अगाडी । त्यसकारण नेपाली काँग्रेसले कुनैपनि हालतमा सदन अवरुद्ध गर्ने । बोलिसकेपछि पनि अवरुद्ध गर्ने । कार्यसूचीभित्र पस्न नदिएकै कारणले गर्दा सभामुखले बैठक स्थगित गर्नुभयो ।’

उहाँले काँग्रेस सांसदहरु आफू बोलेर संसद अवरोध गर्ने गरेका भन्दै सोही कारण सभामुखले आजको बैठकमा काँग्रेसलाई बोल्न नदिएको जिकिर गर्नुभयो ।