• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

स्वरुप राज आचार्य र अञ्जु पन्त दिल रोएको वेला भिडियो सार्वजनिक



काठमाडौं । निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा शिल्पा पोखरेल र अनुपजंग थापाको  अभिनय रहेको भिडियो सार्वजनिक भएको छ ।

संगीतकार लक्ष्मण पोखरेलको संगीतमा निकै नै मर्मस्पर्शी कर्णप्रिय गीत प्रसिद्ध गायक गायिका स्वरुपराज आचार्य र अन्जु पन्तको स्वरमा नारायण रेग्मीको शव्द रहेको उक्त गीतमा शिल्पा  र अनुपजंगको अभिनय रहेको छ ।

चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको भिडियोलाई अविदित फाउन्डेशनले प्रस्तुत गरेका छ। ओएसआर डिजिटल वाट सार्वजनिक भएको गीतमा अशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ र मास्टरिङ्ग रहेको छ । मुकेश हुमागाईंको छायाङ्कन, राहुल बराइली कोरियोग्राफर, विनोद वम को सम्पादन र कलर ,सरगम गाहाको मेकअप रहेको छ ।

लामो समयदेखि जर्मनी वसेर नेपाली गीत संगीत क्षेत्रमा केही गर्ने उद्देश्यका साथ गीत संगीतमा लागेका अनुपजंग नेपाली कला क्षेत्रका लागि एउटा आशा लाग्दो अनुहार हो ।मोडल अनुपजंगको पहलमा स्थापना भएको अविदित फाउन्डेशन मार्फत उनले नेपाली गीत संगीतको साथ साथै सामाजिक कार्यमा पनि उत्तिकै कार्यहरु गरिएका छन् ।गीत संगीत वाट आएको आम्दानी लाई उनले उक्त फाउन्डेशन मार्फत सामाजिक कार्यमा काम गर्दै आएका छन् ।

दिल रोएको वेला गीत वाट आएको आम्दानी लाई पनि अनुपजंग ले सामाजिक कार्यमा काम गर्ने वताएका छन् । लामो समय पछी एउटा मिठो गीत दर्शक श्रोता माझ ल्याउन पाएकोमा गायक स्वरुपराज आचार्य , गायिका अन्जु पन्त, संगीतकार लक्ष्मण पोखरेल गीतकार नारायण रेग्मी खुशी देखिएका छन् ।

साउथ ईन्डियन लुक्स भएका अनुपसंग काम गर्ने पाउदा खुशी लागेको निर्देशक कृष्णदेव रुपाखेती ले वताए ।नायिका शिल्पा पोखरेल पनि निकै मिठो गीतमा काम गर्न पाउदा खुशी छिन ।लामो समयको अन्तराल पछि नेपाली गीत संगीतले एउटा निकैनै मिठो गीत पाएको मा गायक स्वरुपराज र गायिका अन्जु पन्त पनि दंग छन।गीत लाई दर्शक श्रोताहरु ले मन पराउनेमा संगीतकार पोखरेल गीतकार रेग्मी विश्वस्त छन् ।