३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गर्‍यो: काँग्रेस सांसद



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गरेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गौतमले सरकारले सहकारी पीडितहरुलाई न्याय दिनुभन्दा पनि सहकारी ठगहरुको पक्षमा वकालत गरेको बताउनुभएको हो ।

उहाँले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्रीले संसदमा उभिएरै गृहमन्त्रीको पक्षमा न्यायाधीश जसरी फैसला सुनाएको बताउनु भयो । उहाँले प्रधानमन्त्री कार्यकारी पनि आफैँ र न्यायालयपनि आफैँ भएर प्रश्तुत भएका पनि बताउनु भयो । सांसद गौतमले गृहमन्त्री लामिछानेले आफू विरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको उल्लेख गर्दै उजुरी ताम्रपत्र वा स्वर्णपत्रमा लेख्ने चलन नभएको बताउनु भयो । उहाँले सत्ता गठबन्धनका नेताहरु सहयात्री दलका नेतालाई गुमाउनुपर्छ कि भनेर त्रासमा रहेका बताउनु भयो । सरकार टिकाउनका लागि गृहमन्त्रीमाथि सहकारी प्रकरणमा अनुसन्धान नभएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीज्युलाई गुमाउनुपर्छ कि भन्ने बडो मानसिक पीडामा सरकार रहेको देखियो । त्रसित भएको देखियो । सत्ता साझेदार दलका नेताहरु एउटा व्यक्तिलाई बचाउनु नै आफ्नो धर्म हो भन्ने ठानेझैँ सतिसालझैँ उभिनुभयो । हामी बुझ्दछौँ, सरकार टिकाउनुपर्ने अवस्था छ । सरकारभित्रका बाध्यता होलान् । तर सरकारका मुखिया र गठबन्धनका नेताहरुको कुरा सुन्दा लाग्छ, उहाँहरु सबै आइ एम द स्टेट भन्ने तथ्यमा पुग्नुभएको छ । उहाँहरु कार्यकारी पनि आफैँ हुनुहुन्छ । न्यायालय पनि आफैँ हुनुहुन्छ । वादी, प्रतिवादी दुवै आफँै हुनुहुन्छ । अनि फैसला पनि सुनाउनुहुन्छ ।’

‘आफ्नो अनुकुलमा उहाँहरुले आफ्नो फैसला सुनाउनुहुन्छ । सरकार अहिले सहकारी पीडितलाई न्याय दिने कुरामा भन्दा उनीहरुलाई घर न घाटको बनाउने सहकारी ठगहरुको पक्षमा वकालत गर्ने, फैसला सुनाउन उद्यत भएको देखिन्छ । प्रधानमन्त्रीज्यू यही संसदमा आएर गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको उजुरी कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला दिनुहुन्छ । मानौँ, वासिङ मेसिनमा राखेर सफा, चट्ट पारेर निकालेको जस्तो गरेर बोल्नुहुन्छ । आरोपित गृहमन्त्रीज्यू आफूविरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ । उजुरी त कागजमै लेख्ने होला नि । ताम्रपत्रमा कि स्वर्णपत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई जानकारी गराइदिए हुन्थ्यो नि ।’

उहाँले सहकारी समस्या छानवीनका लागि संसदीय समिति बनाउनुपर्ने बताउनु भयो । संसदीय समिति बनाउने प्रतिपक्ष दल काँग्रेसको मागलाई सहजतापूर्वक स्वीकार गर्न सबै दलहरुलाई उहाँको आग्रह छ ।