२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गर्‍यो: काँग्रेस सांसद



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गरेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गौतमले सरकारले सहकारी पीडितहरुलाई न्याय दिनुभन्दा पनि सहकारी ठगहरुको पक्षमा वकालत गरेको बताउनुभएको हो ।

उहाँले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्रीले संसदमा उभिएरै गृहमन्त्रीको पक्षमा न्यायाधीश जसरी फैसला सुनाएको बताउनु भयो । उहाँले प्रधानमन्त्री कार्यकारी पनि आफैँ र न्यायालयपनि आफैँ भएर प्रश्तुत भएका पनि बताउनु भयो । सांसद गौतमले गृहमन्त्री लामिछानेले आफू विरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको उल्लेख गर्दै उजुरी ताम्रपत्र वा स्वर्णपत्रमा लेख्ने चलन नभएको बताउनु भयो । उहाँले सत्ता गठबन्धनका नेताहरु सहयात्री दलका नेतालाई गुमाउनुपर्छ कि भनेर त्रासमा रहेका बताउनु भयो । सरकार टिकाउनका लागि गृहमन्त्रीमाथि सहकारी प्रकरणमा अनुसन्धान नभएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीज्युलाई गुमाउनुपर्छ कि भन्ने बडो मानसिक पीडामा सरकार रहेको देखियो । त्रसित भएको देखियो । सत्ता साझेदार दलका नेताहरु एउटा व्यक्तिलाई बचाउनु नै आफ्नो धर्म हो भन्ने ठानेझैँ सतिसालझैँ उभिनुभयो । हामी बुझ्दछौँ, सरकार टिकाउनुपर्ने अवस्था छ । सरकारभित्रका बाध्यता होलान् । तर सरकारका मुखिया र गठबन्धनका नेताहरुको कुरा सुन्दा लाग्छ, उहाँहरु सबै आइ एम द स्टेट भन्ने तथ्यमा पुग्नुभएको छ । उहाँहरु कार्यकारी पनि आफैँ हुनुहुन्छ । न्यायालय पनि आफैँ हुनुहुन्छ । वादी, प्रतिवादी दुवै आफँै हुनुहुन्छ । अनि फैसला पनि सुनाउनुहुन्छ ।’

‘आफ्नो अनुकुलमा उहाँहरुले आफ्नो फैसला सुनाउनुहुन्छ । सरकार अहिले सहकारी पीडितलाई न्याय दिने कुरामा भन्दा उनीहरुलाई घर न घाटको बनाउने सहकारी ठगहरुको पक्षमा वकालत गर्ने, फैसला सुनाउन उद्यत भएको देखिन्छ । प्रधानमन्त्रीज्यू यही संसदमा आएर गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको उजुरी कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला दिनुहुन्छ । मानौँ, वासिङ मेसिनमा राखेर सफा, चट्ट पारेर निकालेको जस्तो गरेर बोल्नुहुन्छ । आरोपित गृहमन्त्रीज्यू आफूविरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ । उजुरी त कागजमै लेख्ने होला नि । ताम्रपत्रमा कि स्वर्णपत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई जानकारी गराइदिए हुन्थ्यो नि ।’

उहाँले सहकारी समस्या छानवीनका लागि संसदीय समिति बनाउनुपर्ने बताउनु भयो । संसदीय समिति बनाउने प्रतिपक्ष दल काँग्रेसको मागलाई सहजतापूर्वक स्वीकार गर्न सबै दलहरुलाई उहाँको आग्रह छ ।