२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा ६०० इजरायली सैनिकको मृत्यु



अ+ अ-

जेरुसेलम । इजरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६०० जना इजरायली सैनिकको मृत्यु भएको जनाएको छ ।

इजरायली भूमिमा अक्टोबर ७ का दिन गाजामा सक्रिय हमास लडाकूले आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले हमास विरुद्ध युद्ध सुरु गरेको थियो ।

हमासको आक्रमणमा एक जना २० वर्षीय सैनिक जवान नाडाभ कोहेनको मृत्यु भएसँगै गाजा युद्धमा मारिने सैनिकको संख्या ६०० पुगेको इजरायली सेनाले जनाएको छ ।

यद्यपी यस युद्धमा इजरायली बमबारीमा परेर गाजामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।

गाजामा चलिरहेको यस भिषण कारबाहीबाट सर्वसाधारण निहत्था नागरिकको मृत्यु भएपछि राष्ट्रसंघ समेत अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम गर्न इजरायल सरकारमाथि दबाब दिइरहेका छन् ।