२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा ६०० इजरायली सैनिकको मृत्यु



अ+ अ-

जेरुसेलम । इजरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६०० जना इजरायली सैनिकको मृत्यु भएको जनाएको छ ।

इजरायली भूमिमा अक्टोबर ७ का दिन गाजामा सक्रिय हमास लडाकूले आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले हमास विरुद्ध युद्ध सुरु गरेको थियो ।

हमासको आक्रमणमा एक जना २० वर्षीय सैनिक जवान नाडाभ कोहेनको मृत्यु भएसँगै गाजा युद्धमा मारिने सैनिकको संख्या ६०० पुगेको इजरायली सेनाले जनाएको छ ।

यद्यपी यस युद्धमा इजरायली बमबारीमा परेर गाजामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।

गाजामा चलिरहेको यस भिषण कारबाहीबाट सर्वसाधारण निहत्था नागरिकको मृत्यु भएपछि राष्ट्रसंघ समेत अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम गर्न इजरायल सरकारमाथि दबाब दिइरहेका छन् ।