२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुुकलाई समृद्ध बनाउनका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्छः उपप्रधानमन्त्री महासेठ



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटन क्षेत्रको विकास गर्नेतर्फ केन्द्रित हुनु आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री महासेठले पर्यटनको प्रचुर सम्भावना बोकेको नेपालमा हरेक क्षेत्रबाट पर्यटन क्षेत्रको विकासका लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । प्राकृतिक सौन्दर्यता, भौगोलिक विविधता, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले समृद्ध प्रदेश मधेस रहेकाले मधेसमा समेत पर्यटनको प्रचुर सम्भावना रहेको उहाँको भनाई थियो ।

उपप्रधानमन्त्री महासेठले जनकपुरधाममा माता सीताको जन्म, ऋषि मुनिहरूको शास्त्रार्थ गर्ने थलो, ५२ कुट्टी तथा ७२ कुण्डको शहर रहेकाले यस ठाउँको सौन्दर्यीकरण तथा विकासका लागि बाह्य चक्रपथको डिपिआर आफू यस अघि भौतिक मन्त्री भएकै बेलामा भई सकेकाले सो को निर्माण कार्य छिट्टै नै अगाडी बढाइने जानकारी दिनुभयो । उहाँले जनकपुरधाम–अयोध्या र अयोध्या–जनकपुरधाम रेल सञ्चालनका लागि मन्त्रालयले प्रक्रिया अगाडी बढाएकाले चाडै रेल सञ्चालन हुने विश्वास पर्यटन व्यवसायीहरूलाई दिलाउनु भयो ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घका प्रदेश अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरु दीपेन्द्र ठाकुर, रामअशिष यादव, शारदा थापा, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, होटल व्यवसायी विजय झुनझुनवाला, महासङ्घका महासचिव मोहन शर्मा, नेपाल होटेल तथा पर्यटन व्यवसायी संघ धनुषाका अध्यक्ष सुरेन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

महासङ्घले उत्कृष्ट सेवा प्रदान गरेवापत महोत्तरी होटल व्यवसायी सङ्घलाई सम्मानपत्र सहित सम्मान गरेको थियो ।