११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday
Latest
पाँच सामुदायिक वनमा जिप सफारी सिद्धान्त लोहनीको उपचारमा क्यानको सहयोग भारतबाट उत्पन्न हुने कुनै पनि खतरा प्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान नवनियुक्त शिक्षामन्त्रीद्वारा पदबहाली ‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’ मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’ युवाले देश बनाउने सङ्कल्प गर्नुपर्दछ, सङ्कल्पलाई साकार पार्नुपर्दछ–प्रधानमन्त्री किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथ्या आरोपकै भरमा छानबिन समिति बन्दैन भन्ने काँग्रेसलाई राम्रोसँग थाहा छः सन्तोष परियार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापति तथा सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि नेपाली काँग्रेसले मिथ्या आरोप लगाएको बताउनुभएको छ ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसलाई संसदीय छानिबन समिति बन्दैन भन्ने जानकारी हुँदाहुँदै पनि संसदमा अवरोध झिक्ने काम गरिरहेको बताउनु भयो ।

उहाँले गृहमन्त्री लामिछानेमाथिका प्रश्नको जवाफ दिन काँग्रेसले संसदमा मौका दिनुपर्ने बताउनु भयो । उहाँले सबैभन्दा बलियो मत दिएर जिताएको व्यक्तिमाथि मिथ्या आरोपका भरमा काँग्रेसले राजनीतिक, सांस्कृतिक अधिकारलाई संकुचित गर्नु नहुने बताउनु भयो । उहाँले गृहमन्त्रीमाथि छानबिन समिति बनाइरहनुपर्ने आवश्यकता नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो मुद्दा उठेको दिनदेखि भनेका छौँ की, जुन प्रश्न उठेको छ, त्यसको जवाफ यो हाम्रो व्यवस्थाको क्याबिनेटको प्रमुखका हिसावमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा जवाफ दिइसक्नुभएको छ । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि जुन प्रश्न उठ्यो । त्यो प्रश्नको जवाफ दिन गृहमन्त्री तयार हुनुहुन्छ । त्यो मौका उहाँले दिनुपर्छ ।

जहाँसम्म समितिको कुरा छ, यो मिथ्या आरोपको भरमा एउटा व्यक्तिलाई जो सबैभन्दा बलियो जनमत लिएर आएको छ, जो यो देशको प्रमुख पार्टीहरुमध्ये एउटा शिर्षस्थ नेता हो । त्यो मिथ्या आरोपका भरमा उसका राजनीतिक, सांस्कृतिक अधिकारलाई संकुचित गर्नु हुँदैन । हामी समिति बनाउँदैनौँ भन्नेकुरा नेपाली काँग्रेसलाई स्पष्टसँग थाहा छ । यो समिति बनाइराख्नुपर्ने कुरा भएन ।’

उहाँले आफूमाथि उठेका प्रश्नको जवाफ दिन गृहमन्त्री लामिछाने तयार रहेको पनि बताउनु भयो ।