३ आश्विन २०८१, बिहीबार
,
Latest
संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना अल हरमिनका परफ्युम नेपालमा प्रश्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान दुर्घटना हुँदा दुईजनाको मृत्यु
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपतिलाई संसद् विघटनको अधिकार छैन,नेपालको प्रधानमन्त्रीलाई छ !



अ+ अ-

काठमाडौँ । सरकारी वकिलले प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार रहको बताएका छन् ।  प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको पक्षमा आईतबार बहस गर्न संवैधानिक इजलासमा आएका सहन्यायाधिवक्ता उद्धव पुडासैनीले प्रधानमन्त्रीलाई प्रतिनिधी सभा विघटन गर्न पाउने बताएका हुन् ।  

सुनुवाइको सुरुमै बहसमा आएका पुडासैनीले भने, 'प्रधानमन्त्रीले स्वेच्छाले राजीनामा गरेबाहेक अर्को मन्त्रिपरिषद्को बाटो अहिलेको अवस्थामा संविधानले दिएको छैन ।'

पुडासैनीले अमेरिकामा राष्ट्रपतीय व्यवस्था भएकाले त्यहाँ राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न नसक्ने तर नेपालमा संसदीय व्यवस्था भएकाले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमा नलेखिएको भए पनि विघटन गर्न पाउने बताए । 'अमेरिकी राष्ट्रपतिलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार हुन्न । तर नेपालमा संसदीय व्यवस्था मानेकाले प्रधानमन्त्रीलाई त्यो अधिकार रहेको छ,' उनले भने ।

न्यायाधीश अनिल सिन्हाले २०४७ सालको संविधान आएपछि ४ पटकसम्म संसद् विघटन र विघटन प्रयास भएको स्मरण गराउँदै त्यस्तै उदाहरण अन्य मुलुकमा छ ? भनेर प्रश्न गरेका थिए ।