• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती ★   सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत फेला ★   तीन महिनामा मरे तीन पाटेबाघ ★   सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तारुढ दलहरु सभामुखको बचाउमा ★   किसानलाई वरदान बन्यो झोलुङ्गे पुल ★   आशा छ धोनीले अर्को सिजन पनि खेल्नेछन्: सीएसकेका सीईओ विश्वनाथन ★   जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद: हिमाल भएका देशका समस्याबारे समान धारणा बनाउन सफल ★   निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल

को हुन् मयंक यादव ? जसले १५५.८ किमी प्रति घण्टाको गतिमा बल फ्याँके



एजेन्सी । लखनऊ सुपर जायन्ट्सका डेब्युट फास्ट बलर मयंक यादवले मार्च ३० मा आईपीएल २०२४ को सबैभन्दा द्रुत बल गर्ने कीर्तिमान बनाएका छन् । दिल्लीका २१ वर्षीय युवा खेलाडीले लखनउको एकना स्टेडियममा खेल्दै गर्दा पञ्जाबका ब्याट्सम्यानलाई आफ्नो तिब्र गतिका कारण समस्यामा पारे ।

मयङ्कले पञ्जाबविरुद्धको आफ्नो दोस्रो ओभरमा १५५.८ किलोमिटर प्रतिघण्टाको गतिमा बल फ्याँके, जुन यस सिजनको सबैभन्दा फास्ट बल थियो र राजस्थानका नान्द्रे बर्गरलाई पछि पारे ।

मयंक यादवले आफ्नो डेब्यु खेलमा तीन ब्याट्सम्यानलाई आउट गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका समेत खेलेका थिए ।

टोलीलाई सबैभन्दा बढी विकेट चाहिएको बेला मयांकले जोनी बेयरस्टोलाई पहिलो विकेटका रूपमा आउट गरे । त्यसपछि उनले प्रभासिमरनलाई आउट गर्दै खेलमा रोमाञ्चकता सिर्जना गरेका थिए । तेस्रो विकेटको रुपमा जितेश शर्माको विकेट लिए । मयङ्कले १४७ किमी प्रतिघण्टा डेलिभरीको साथ सुरु गरे र त्यहाँबाट अघि बढे ।

सन् २०२२ को आइपिएलमा लखनउले युवा क्रिकेटर मयंक यादवलाई किनेको थियो । १७ जुन २००२ मा जन्मेका मयंकलाई फास्ट बलरको रुपमा चिनिन्छ । मयङ्क १५० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्षम छन् ।

गत वर्ष भएको यू–२३ कर्नल सिके नायडू प्रतियोगितामा मयङ्कले दमदार प्रदर्शन गरेका थिए । मयङ्कले मात्र ६ खेलमा १५ विकेट लिएका थिए । जसमा उनले छत्तीसगढविरुद्धको खेलमा ५ विकेट लिएका थिए । यसबाहेक उनले ब्याटिङबाट ६६ रनको योगदान पनि दिए ।

यस्तो छ घरेलु क्रिकेट
मयंकले सैयद मुश्ताक अली ट्रफी २०२३–२४ मा पनि प्रभावकारी प्रदर्शन गरेका थिए । मयङ्कले प्रतियोगिताको चार खेलमा पाँच विकेट लिएका थिए । यस बाहेक उनले विजय हजारे ट्रफीमा ५ खेलमा ६ विकेट लिएका थिए । २०२३ को देवधर ट्रफीमा नर्थ जोनबाट खेल्दा मयङ्कले ५ खेलमा १२ विकेट लिएका थिए ।

मयंक यादवको करियरको बारेमा कुरा गर्दा, उनले दिल्लीका लागि घरेलु क्रिकेट खेल्छन् र अहिलेसम्म एक मात्र प्रथम श्रेणी खेल खेलेका छन् । मयङ्कले १७ लिस्ट–ए र १० टी–२० खेल खेलेका छन् । लिस्ट ए मा मयंकको नाममा ३४ विकेट छ भने उनको इकोनोमी ५.३५ छ । टी–२० मा, मयंकले ६.४४ को उत्कृष्ट इकोनोमीका साथ १२ विकेट लिएका छन् ।