१७ फाल्गुन २०८१, शनिबार
March 1, 2025 Saturday
Latest
आईसीसी च्याम्पियन्स ट्रफी: इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको सानदार जित शिक्षक र अभिभावको संयुक्त प्रयासले असल नागरिक उत्पादन हुने- उपसभामुख राना चट्याङ लागेर तीनजना घाइते लागुऔषध विरुद्धको महाअभियान शुभारम्भ गाजामा युद्धविरामको म्याद शनिबार सकिँदै, दोस्रो चरणको वार्ताको तयारी घरको छत खस्दा एकै परिवारका ५ जनाको मृत्यु युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने अमेरिकासँग खनिज सम्झौता गर्न तयार छौं प्रहरीको वर्चस्व कायमै, दोस्रो दिन ६ स्वर्ण सबै दल मिलेर संविधान संशोधन गर्नुपर्छ : उपसभापति गुरुङ मेयर बालेनप्रति सुनिताको असन्तुष्टि : अरुलाई दोष लगाउनु भन्दा आफ्नो कर्तव्य पुरा गरौं
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारले तालिम नपाउँदा विकृति, बिसंगति मौलायो : सञ्चारमन्त्री गुरुङ



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताउनुभएको छ । आइतबार काठमाण्डौमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताउनुभएको हो ।

तालिमप्राप्त पत्रकार नहुँदा विकृति, बिसंगति जन्मिएको भन्दै उहाँले पत्रकारहरुको निम्ति तालिम केन्द्रको विकास नगरी पत्रकारीता क्षेत्रको गुणस्तर नहुने बताउनुभयो । आफ्नो योग्यता, क्षमता र गुणस्तर बिना बजारमा बिक्रि हुन्नौँ भन्ने हेक्का पत्रकारहरुले पनि राख्नुपर्ने उहाँको भनाई छ । उहाँले बिरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने पनि बताउनुभयो ।

मन्त्री गुरुङले पत्रकारहरुका लागि प्रशिक्षण प्रतिष्ठान खोल्ने कुरा सरकारको नीति कार्यक्रममा ल्याउने बताउनुभयो । उहाँले अनलाइन नविकरणका लागि जिल्ला हुलाक कार्यालबाट हुनेगरी नीतिगत निर्णय गरिएको भएपनि हुलाकका कार्मचारी दक्ष नहुँदा प्रभावकारी नभएको बताउनुभयो ।

पत्रकार प्रेस पासबारे कार्यविधि बनाएर वर्षैपिच्छे नविकरण गर्ने परम्पराको अन्त्य गर्ने प्रयत्न गर्ने उहाँको भनाई छ । उहाँले पत्रकारको समस्या समाधानको निम्ति प्याकेज बनाएर अघि बढ्ने बताउनुभयो । पत्रकारहरुका लागि कोभिड १९ कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।