२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धग्रस्त देशहरुमा श्रमिक नपठाउन सरकारलाई सांसद पौड्यालको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौड्यालले युद्धग्रस्त देशहरुमा श्रमिक पठाउन बन्द गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौड्यालले युद्धग्रस्त क्षेत्रमा श्रमिकहरुलाई पठाउने काम सरकारले बन्द गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले रुस र युक्रेनका युद्धमा नेपालीहरुले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको भन्दै युवाहरुलाई युद्धग्रस्त क्षेत्रमा जान रोक लगाउनुपर्ने बताउनुभएको हो । उहाँले देशका विभिन्न जिल्लाहरुमा महिलाहरुको हत्या भइरहेको भन्दै महिला हत्या रोक्न सरकारसँग माग गर्नुभयो । त्यस्तै उहाँले सभामुख देवराज घिमिरेको नेतृत्वमा आइपियु सम्मेलनमा भाग लिन विदेश गएको टोलीमा महिला सांसद तथा कर्मचारीहरुको संख्या ३३ प्रतिशत नपुगेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले किन ३३ प्रतिशत महिला अटाएनन् भनेर प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘रुस र युक्रेनको युद्धका कारण हाम्रा युवाहरु मृत्युवरण गरिरहेको कुरा हामीबाट छिपेको छैन । युक्रेनको सेनामा भर्ती भएका युवाहरु हामीलाई फर्काइदेउ भनेर दैनिक रोदन हामीले सुनेका छौँ । अहिले श्रम मन्त्रालयबाट रोजगारीका लागि युवाहरुलाई जान छुट दिइएको खबर आएका छन् । सरकारले के गर्न खोजेको हो ? युवाहरु धेर भएकै हो त नेपालमा ?उनीहरुलाई युद्धग्रस्त देशमा मर्नका लागि बाटो खुला गरेर पठाउने सरकारको चाहाना हो ? म प्रश्न गर्न चाहान्छु । यस्तो कार्य बन्द गर्नुपर्छ ।’

‘युद्धग्रस्त देशहरुमा श्रमिकहरु पठाउने काम सरकारले बन्द गरोस् । एक हप्ताको बीचमा सात/आठ जना महिलाहरुको हत्या भएको छ विभिन्न जिल्लामा ति हत्या भएका महिलाहरुको खोज, खबर सरकारले गरेको छ कि छैन ? सरकारलाई आग्रह गर्न चाहान्छु, युवतीहरुको हत्या गर्ने काम बन्द गरियोस् । रोक्ने काम सरकारले गरोस् । सभामुख लगायत १० जनाको टिम आइपियुको सम्मेलनमा भाग लिएर आउनुभयो । हाम्रो संसदमा ३३ प्रतिशत महिला हुनुहुन्छ भनेर त्यहाँ भाषण नगरेपनि साइड बाइ साइड कुरा त पक्कै पनि भयो होला । तर जाने बेलामा सभामुख लगायत ६ जना प्रतिनिधि संसदबाट जानुभयो, ६ जनामा एकजना मात्रै महिला लगियो । संविधानले महिलालाई सांसद बनाएर यहीँ संसदको टेबुलमा बसेर टेबुल ठटाउन मात्रै पक्कै बनाएनन् होला । यस्ता कार्यक्रममा भाग लिन एक तिहाइ महिला लानुपथ्र्यो होला नि । कहाँ संसद सचिवालय चुक्यो ? चार जना कर्मचारी जाँदा एक जना पनि महिला कर्मचारी किन अटाउनुभएन ?’

उहाँले नगरकोट जाने सडकखण्डको अवस्था नराम्रो रहेको भन्दै त्यसको निर्माणकालागि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले अमेरिकाको संसदमा नेपालमा धार्मिक अनास्था फैलाउन पैसा लगानी भएको कुरा उठेको भन्दै त्यसरी धार्मिक अनास्था फैलाउन कसले पैसा लिएको हो त्यसो निक्र्यौल गर्नुपर्ने बताउनु भयो ।