८ आश्विन २०८१, मंगलवार
,
Latest
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धग्रस्त देशहरुमा श्रमिक नपठाउन सरकारलाई सांसद पौड्यालको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौड्यालले युद्धग्रस्त देशहरुमा श्रमिक पठाउन बन्द गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौड्यालले युद्धग्रस्त क्षेत्रमा श्रमिकहरुलाई पठाउने काम सरकारले बन्द गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले रुस र युक्रेनका युद्धमा नेपालीहरुले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको भन्दै युवाहरुलाई युद्धग्रस्त क्षेत्रमा जान रोक लगाउनुपर्ने बताउनुभएको हो । उहाँले देशका विभिन्न जिल्लाहरुमा महिलाहरुको हत्या भइरहेको भन्दै महिला हत्या रोक्न सरकारसँग माग गर्नुभयो । त्यस्तै उहाँले सभामुख देवराज घिमिरेको नेतृत्वमा आइपियु सम्मेलनमा भाग लिन विदेश गएको टोलीमा महिला सांसद तथा कर्मचारीहरुको संख्या ३३ प्रतिशत नपुगेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले किन ३३ प्रतिशत महिला अटाएनन् भनेर प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘रुस र युक्रेनको युद्धका कारण हाम्रा युवाहरु मृत्युवरण गरिरहेको कुरा हामीबाट छिपेको छैन । युक्रेनको सेनामा भर्ती भएका युवाहरु हामीलाई फर्काइदेउ भनेर दैनिक रोदन हामीले सुनेका छौँ । अहिले श्रम मन्त्रालयबाट रोजगारीका लागि युवाहरुलाई जान छुट दिइएको खबर आएका छन् । सरकारले के गर्न खोजेको हो ? युवाहरु धेर भएकै हो त नेपालमा ?उनीहरुलाई युद्धग्रस्त देशमा मर्नका लागि बाटो खुला गरेर पठाउने सरकारको चाहाना हो ? म प्रश्न गर्न चाहान्छु । यस्तो कार्य बन्द गर्नुपर्छ ।’

‘युद्धग्रस्त देशहरुमा श्रमिकहरु पठाउने काम सरकारले बन्द गरोस् । एक हप्ताको बीचमा सात/आठ जना महिलाहरुको हत्या भएको छ विभिन्न जिल्लामा ति हत्या भएका महिलाहरुको खोज, खबर सरकारले गरेको छ कि छैन ? सरकारलाई आग्रह गर्न चाहान्छु, युवतीहरुको हत्या गर्ने काम बन्द गरियोस् । रोक्ने काम सरकारले गरोस् । सभामुख लगायत १० जनाको टिम आइपियुको सम्मेलनमा भाग लिएर आउनुभयो । हाम्रो संसदमा ३३ प्रतिशत महिला हुनुहुन्छ भनेर त्यहाँ भाषण नगरेपनि साइड बाइ साइड कुरा त पक्कै पनि भयो होला । तर जाने बेलामा सभामुख लगायत ६ जना प्रतिनिधि संसदबाट जानुभयो, ६ जनामा एकजना मात्रै महिला लगियो । संविधानले महिलालाई सांसद बनाएर यहीँ संसदको टेबुलमा बसेर टेबुल ठटाउन मात्रै पक्कै बनाएनन् होला । यस्ता कार्यक्रममा भाग लिन एक तिहाइ महिला लानुपथ्र्यो होला नि । कहाँ संसद सचिवालय चुक्यो ? चार जना कर्मचारी जाँदा एक जना पनि महिला कर्मचारी किन अटाउनुभएन ?’

उहाँले नगरकोट जाने सडकखण्डको अवस्था नराम्रो रहेको भन्दै त्यसको निर्माणकालागि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले अमेरिकाको संसदमा नेपालमा धार्मिक अनास्था फैलाउन पैसा लगानी भएको कुरा उठेको भन्दै त्यसरी धार्मिक अनास्था फैलाउन कसले पैसा लिएको हो त्यसो निक्र्यौल गर्नुपर्ने बताउनु भयो ।