• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो

जापान अध्ययन गर्न जाने नेपाली विद्यार्थी बढिरहेकोमा सञ्चार मन्त्री शर्माद्वारा खुसी व्यक्त



ललितपुर । जापानमा विभिन्न विषयमा उच्च शिक्षा हासिल गरि स्वदेश फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जापानिज युनिर्भसिटीज एलुम्नाई एशोसियसन नेपाल’ (जुआन) स्थापनाको ५० वर्षको वार्षिक कार्यक्रम सम्पन्न भएको छ ।

जुआनले यो वर्षभरी विभिन्न कार्यक्रम आयोजना गरि जुआन स्थापनाको स्वर्ण महोत्सव मनाएको थियो । सन् १९७३ मा सो संस्था स्थापना गरिएको थियो ।

स्वर्ण महोत्सव कार्यक्रम समापनका अवसरमा जुआनले शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सन् १९०२ अर्थात १ सय २२ वर्ष अघिदेखि नेपाली विद्यार्थीहरु जापानमा उच्च शिक्षा हासिल गर्न जान थालेकोमा पछिल्लो समयमा नेपाली विद्यार्थी अध्ययनका लागि जापान जाने क्रम झनै बढ्नु खुसीको कुरा भएको बताइन् ।

गत वर्ष विभिन्न विषयमा उच्च शिक्षा अध्ययनको लागि १६ हजार नेपाली विद्यार्थी जापान गएको पनि उनले बताईन । जापान नेपालको असल मित्र मात्र नभई प्रमुख दातृराष्ट्र भएको पनि मन्त्री शर्माले उल्लेख गरीन् ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल र जापानबीचको कुटनैतिक सम्वन्ध सन् १९५६ मा स्थापना भएतापनि नेपाली विद्यार्थी जापानमा पढ्न जान थालेको भने १ सय २२ वर्ष पुरा भएकोमा खुसी व्यक्त गरे ।

सन् १९५८ देखि जापान सरकारले नेपाली विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्ति दिएर जापानमा पढ्न लैजान थालेको पनि राजदूत किकुताले स्मंरण गराए ।

जापानले नेपाललाई गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोग केवल सहयोग मात्र नभई यो नेपालको उज्ज्वल भविष्यको लागि जापानी लगानी भएको पनि राजदूत किकुताले प्रष्ट पारे ।

कार्यक्रममा जुआन स्थापनाको ५० वर्षसम्म भए गरेका मुख्य गतिविधि समेटिएको स्मारिकाको मन्त्री शर्मा र जापानी राजदूत किकुताले संयुक्तरुपमा ल्यापटपबाट डिजिटल्ली विमोचन गरे ।

जुआनका अध्यक्ष डा.सुनिल बाबु श्रेष्ठले जुआन स्थापनाकालदेखि स्वर्ण महोत्सवसम्मको नालीबेली बताउँदै जुआनले नेपाली विद्यार्थीमार्फत नेपाल र जापानबीचको शैक्षिक र सांस्कृतिक सम्वन्ध प्रवद्र्धनमा जोड दिएको उल्लेख गरे । ‘जुआनले नेपाली विद्यार्थी र जापानबीच पुलको काम गर्दै आएको छ’—अध्यक्ष डा.श्रेष्ठले भने । अध्यक्ष डा. श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जुआनका उपाध्यक्ष डा. होमनाथ चालिसेले धन्यवाद ज्ञापन गरेका थिए ।

सन् १९०१ मा राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देव शमसेरले आफ्नो छोटो कार्यकालमा ८ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा उच्च शिक्षा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए ।त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शमसेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए ।

यसरी पहिलोपटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरुमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इन्जिनियरिङ्ग, देव नरसिंह राणा र वालनरसिंह रायमाझि खनिज, दीप नरसिंह राणा कृषि, हेम बहादुर राजभण्डारी मेकानिकल इन्जिनिरिङ्ग, रुद्रलाल सिंह व्यवहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स (माटोको भाँडा,पछि रेशम खेती) बारे थिए ।