९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

जापान अध्ययन गर्न जाने नेपाली विद्यार्थी बढिरहेकोमा सञ्चार मन्त्री शर्माद्वारा खुसी व्यक्त

जापान अध्ययन गर्न जाने नेपाली विद्यार्थी बढिरहेकोमा सञ्चार मन्त्री शर्माद्वारा खुसी व्यक्त
अ अ+ अ-

ललितपुर । जापानमा विभिन्न विषयमा उच्च शिक्षा हासिल गरि स्वदेश फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जापानिज युनिर्भसिटीज एलुम्नाई एशोसियसन नेपाल’ (जुआन) स्थापनाको ५० वर्षको वार्षिक कार्यक्रम सम्पन्न भएको छ ।

जुआनले यो वर्षभरी विभिन्न कार्यक्रम आयोजना गरि जुआन स्थापनाको स्वर्ण महोत्सव मनाएको थियो । सन् १९७३ मा सो संस्था स्थापना गरिएको थियो ।

स्वर्ण महोत्सव कार्यक्रम समापनका अवसरमा जुआनले शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सन् १९०२ अर्थात १ सय २२ वर्ष अघिदेखि नेपाली विद्यार्थीहरु जापानमा उच्च शिक्षा हासिल गर्न जान थालेकोमा पछिल्लो समयमा नेपाली विद्यार्थी अध्ययनका लागि जापान जाने क्रम झनै बढ्नु खुसीको कुरा भएको बताइन् ।

गत वर्ष विभिन्न विषयमा उच्च शिक्षा अध्ययनको लागि १६ हजार नेपाली विद्यार्थी जापान गएको पनि उनले बताईन । जापान नेपालको असल मित्र मात्र नभई प्रमुख दातृराष्ट्र भएको पनि मन्त्री शर्माले उल्लेख गरीन् ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल र जापानबीचको कुटनैतिक सम्वन्ध सन् १९५६ मा स्थापना भएतापनि नेपाली विद्यार्थी जापानमा पढ्न जान थालेको भने १ सय २२ वर्ष पुरा भएकोमा खुसी व्यक्त गरे ।

सन् १९५८ देखि जापान सरकारले नेपाली विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्ति दिएर जापानमा पढ्न लैजान थालेको पनि राजदूत किकुताले स्मंरण गराए ।

जापानले नेपाललाई गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोग केवल सहयोग मात्र नभई यो नेपालको उज्ज्वल भविष्यको लागि जापानी लगानी भएको पनि राजदूत किकुताले प्रष्ट पारे ।

कार्यक्रममा जुआन स्थापनाको ५० वर्षसम्म भए गरेका मुख्य गतिविधि समेटिएको स्मारिकाको मन्त्री शर्मा र जापानी राजदूत किकुताले संयुक्तरुपमा ल्यापटपबाट डिजिटल्ली विमोचन गरे ।

जुआनका अध्यक्ष डा.सुनिल बाबु श्रेष्ठले जुआन स्थापनाकालदेखि स्वर्ण महोत्सवसम्मको नालीबेली बताउँदै जुआनले नेपाली विद्यार्थीमार्फत नेपाल र जापानबीचको शैक्षिक र सांस्कृतिक सम्वन्ध प्रवद्र्धनमा जोड दिएको उल्लेख गरे । ‘जुआनले नेपाली विद्यार्थी र जापानबीच पुलको काम गर्दै आएको छ’—अध्यक्ष डा.श्रेष्ठले भने । अध्यक्ष डा. श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जुआनका उपाध्यक्ष डा. होमनाथ चालिसेले धन्यवाद ज्ञापन गरेका थिए ।

सन् १९०१ मा राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देव शमसेरले आफ्नो छोटो कार्यकालमा ८ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा उच्च शिक्षा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए ।त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शमसेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए ।

यसरी पहिलोपटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरुमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इन्जिनियरिङ्ग, देव नरसिंह राणा र वालनरसिंह रायमाझि खनिज, दीप नरसिंह राणा कृषि, हेम बहादुर राजभण्डारी मेकानिकल इन्जिनिरिङ्ग, रुद्रलाल सिंह व्यवहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स (माटोको भाँडा,पछि रेशम खेती) बारे थिए ।