९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

विराट कोहली आईपीएलमा कुनै पनि टिमबाट सबैभन्दा धेरै छक्का हिर्काउने ब्याट्सम्यान

विराट कोहली आईपीएलमा कुनै पनि टिमबाट सबैभन्दा धेरै छक्का हिर्काउने ब्याट्सम्यान
अ अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १० औं खेलमा १७ औं सिजनको महत्वपूर्ण कीर्तिमान तोडिएको छ ।

कोलकाता नाइट राइडर्सले घरेलु टोली रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले पराजित गरेको छ । यसअघिका ९ खेलमा घरेलु टोलीले मात्र जित हासिल गरेको थियो । प्लेयर अफ द म्याच सुनिल नारायणले आफ्नो टी–२० करियरको ५०० औं खेल खेले ।

आरसीबीका स्टार ब्याट्सम्यान विराट कोहलीले आईपीएलमा आफ्नो ५२औँ अर्धशतक बनाए, यस इनिङमा ४ छक्का सामेल छन् । योसँगै उनी आईपीएलमा कुनै टिमबाट सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । उनले क्रिस गेलको कीर्तिमान तोडे ।

उनले आईपीएलमा २४१ छक्का प्रहार गरेका छन् । उनी सन् २००८ देखि एउटै टोलीबाट खेल्दै आएका छन् र अहिले आईपीएल टोलीका लागि सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बनेका छन् ।

उनीपछि आरसीबीकै क्रिस गेल र एबी डिभिलियर्स छन् । आरसीबीका लागि गेलले २३९ र डिभिलियर्सले २३८ छक्का प्रहार गरेका छन् । यस्तै, चौंथो नम्बरमा मुम्बई इन्डियन्सका कियरोन पोलार्ड रहेका छन् । उनले २२३ छक्का प्रहार गरेका छन् । यस्तै मुम्बइकै रोहित शर्मा २१० छक्काका साथ पाँचौं नम्बरमा छन् ।