२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ



अ+ अ-

काठमाडौँ । बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक बनाइराख्ने काममा संलग्न थप एकजना बङ्गलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा यासिर अहमद भनिने एमडी यासिर बङ्गला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार निजलाई काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलबाट हिजो बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

पक्राउ परेका निज बङ्गलाले बङ्गलादेशी नागरिकहरूलाई युरोपका विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने विश्वास दिलाई बङ्गलादेशबाट नेपाल ल्याई काठमाडौँ महानगरपालिका–१६ पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलको कोठामा राखी पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिएर बन्धक बनाइराखेको पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेका बङ्गलालाई अपहरण तथा शरीर बन्धक कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।” रासस