१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल

राष्ट्रिय परिचय पत्र बनाउन जिप्रका काठमाडौँमा सर्वसाधारणको भिड, बिहान ३ बजेदेखि लाईनमा (भिडियोसहित)

राष्ट्रिय परिचय पत्र बनाउन जिप्रका काठमाडौँमा सर्वसाधारणको भिड, बिहान ३ बजेदेखि लाईनमा (भिडियोसहित)
file
अ अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा यतिबेला राष्ट्रिय परिचय पत्र बनाउनका लागि सर्वसाधारणको भीड देखिन्छ । सर्वसाधारण राष्ट्रिय परिचय बनाउनका लागि बिहान ३ बजेदेखि जिल्ला प्रशासन कार्यालयको गेट अगाडि लाइन लागेर बसिरहेका छन् ।

खासगरी ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचय पत्र अनिवार्य भएकाले विदेश जान खोज्नेहरुको बढी भिड जिल्ला प्रशासन कार्यालयमा लाग्ने गरेको हो । काठमाडौँ प्रशासनले दिनको २०० वटा टोकन वितरण गर्ने भएकाले पनि बिहान चाँडै गएर टोकन लिनका लागि सर्वसाधारणको भीड लागेको हो ।

राष्ट्रिय परिचय पत्र बनाउन सरकारले ७७ वटै जिल्लाबाट सुबिधा गरेको छ । तर पनि अधिकांश मानिसको केन्द्रिकरण काठमाडौँ उपत्यका नै भएको हुनाले यहीँबाट परिचय पत्र बनाउन आउनेहरुको भिड बढ्ने गरेको हो ।

सर्वसाधारणहरु आफुहरुलाई राष्ट्रिय परिचय पत्र बनाउन रातिदेखि नै लाईनमा आएर बस्नुपर्दा धेरै नै गार्हो भएको पनि बताउँछन् । सरकारले राष्ट्रिय परिचय पत्र बनाउनको लागि अनलाईन फारमको सुबिधा गरेपनि अझैपनि धरै सर्वसाधारणहरु यसबारे अनविज्ञ देखिन्छन् ।