९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबारको बजारमा यस्तो रहेको छ तरकारीको मूल्य, हेर्नुहोस्



अ+ अ-

काठमाडौँ । सोमबार नेपाली बजारमा तरकारीको मूल्यमा हिजोको भन्दा आज बढेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार अहिले प्याजको थोक मूल्य किलोको ७० देखि ७५ रुपैयाँ छ भने आलुको प्रति किलो २५ देखि ३० रुपैयाँ रहेको छ । यस दिनको बजारमा सबै भन्दा महङगो प्याजको मूल्य रहेको छ । 

आजको बजारमा गोलभेडाको मूल्य किलोको ५० देखि ६० रुपैयाँ, गाँजर किलोको ५० देखि ६०, काउली किलोको ३० देखि ३५  रुपैयाँ र बन्दा किलोको १५ देखि २० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै तिते करेला किलोको १२० देखि १४०, भिण्डी किलोको १०० देखि ११०, लौका किलोको ५० देखि ६०, घिउ सिमि किलोको ८० देखि ९०, भेण्टा किलोको ५० देखि ६०, फर्सी किलोको ४० देखि ५०, बरेला किलोको ५० देखि ६०, रायोको साग ५० देखि ६०, अदुवा किलोका ५० देखि ६०, चाइनिज लसुन किलोको २९० देखि ३१० र मुला किलोको २० देखि ३० मा किनबेच भइरहेको छ । साथै अनेक तरकारी, फलफुल र माछा मासुको मूल्य पनि तोकिएको छ र सोही अनुसार बिक्री वितरण भइरहेको तरकारी बजारले जनाइको छ ।




भर्खरै