१ असार २०८३, सोमबार
,
Latest
जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई मन पराउने हनुमान र अन्धभक्त मात्रै हुन् : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी ओलीले आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्त मात्रै मन पराउने आरोप लगाएका छन् । सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले शिक्षक संगठन एकीकृत गर्न नदिएको बताएका हुन् । 

प्रचण्डले प्रतिगमनको वकालत गरेकोले ओलीसँग हार्नेबाहेक अरू विकल्प नरहेको पनि दाबी गरेका छन्।

विगतमा ओलीले शिक्षकहरूको औपचारिक संगठन बनाउन हुन्न भने पनि अहिले धमाधम शिक्षक राखेर केन्द्रीय समिति विस्तार गरेकोले त्यो ठगी कुरा मात्रै भएको पुष्टि भइसकेको प्रचण्डको भनाइ थियो।

‘शिक्षकहरूलाई विचार र राजनीतिबाट अलग राख्नुपर्ने हुन्छ, शिक्षकहरूको औपचारिक संगठन बनाउन हुँदैन। शिक्षकहरूलाई पार्टीको कुनै पदमा राख्न हुँदैन भन्ने सोचका प्रवक्ता केपी ओली नै हो,’ उनले भने, ‘तर त्यो ठगीवाला कुरा थियो। उहाँको त्यो साँचै कुरा थियो भने अहिले केन्द्रीय समितिमा म्यादी प्रहरीजसरी शिक्षक भर्ती गरिरहेका छन्।’