२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिसमशेर जबराले नेपालको पर्यटकीय सम्भावनालाई उचित किसिमले विश्वमा प्रचार गर्नसके अहिलको भन्दा चार गुणा बढी विदेशी पर्यटक आगमन हुने दाबी गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै नेता जबराले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपाल संसारको सबैभन्दा सुन्दर मुलुक भएपनि सरकारले प्रसारप्रचार गर्न नसकेको बताउनु भयो । उहाँले उचित किसिमले नेपालको पर्यटकीय सम्भावनाको विषयमा प्रचारप्रसार गर्नसके धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिने बताउनु भयो । उहाँले विश्वलाई नेपालका पर्यटकीय गन्तव्यको विषयमा अहिलेसम्म सन्देश दिन नसकिएको बताउनु भयो । उहाँले एक पटक विश्वलाई नेपालका पर्यटकीय गन्तव्यका विषयमा सन्देश दिनसके नेपालमा धेरै पर्यटक आगमन हुने विश्वास रहेको बताउनु भयो । उहाँले नेपालको जलस्रोत पछि सबैभन्दा दोस्रो ठूलो उद्योग पर्यटन भएकाले पर्यटनमार्फत मुलुक समृद्ध बनाउन सकिने बताउनु भयो । उहाँले मुलुक सम्भावना नै सम्भावनाले भरिएको भन्दै सम्भावनाप्रति सरकारले दक्ष व्यवस्थापन र इमान्दारी देखाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपाल संसारको सबैभन्दा सुन्दर मुलुक हो । नेपालको पर्यटकीय सम्भावना अहिले छेउछाउबाट मात्रै गरेका छौं । नेपालले मुलुकको पर्यटन क्षेत्रको उचित किसिमबाट प्रचारप्रसार गरेको खण्डमा मुलुकमा पर्यटन अहिलेको भन्दो दोब्बर नभएर चौबर आगमन हुनसक्छ । तर अहिलेसम्म हामीले नेपाल कति राम्रो छ भनेर विज्ञापन गर्न सकेको छैनौं । मुल समस्या नेपालको सौन्र्दय विश्वभर प्रचार गरेर नेपाल सुन्दर छ भनेर सन्देश दिन सक्नुपर्छ । एक पटक विश्वलाई त्यो सन्देश दिनसके नेपालमा धेरै होटलहरु बनेका छन् । खाली भएका होटल भर्ने र थप होटलमा लगानी हुने थियो । त्यसपछि नेपालको जलस्रोत पछि सबैभन्दा दोस्रो ठूलो उद्योग पर्यटन मार्फत मुलुक अगाडि बढ्नसक्छ । मुलुक सम्भावना नै सम्भावनाले भरिएको छ । यो सम्भावनाप्रति सरकारको तर्फबाट दुई वटा कुराहरु दक्ष व्यवस्थापन र इमान्दारी हुन सक्नुपर्छ । नेपाल अगाडि बढ्छ ।’

नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले समितिले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा सबैसँग छलफल गर्ने तर निचोड ननिकाल्ने गरेको बताउनु भयो । उहाँले निजी क्षेत्रले हरेक पटक पर्यटन प्रवद्र्धनका लागि कानून संशोधन लगायतका विषयमा लिखित रुपमा सुझाव दिएपनि कार्यान्वयनको लागि संसदमा नगएको बताउनु भयो । उहाँले निजी क्षेत्रले दिएका लिखित सुझावहरु दुई वर्षसम्म पनि कार्यान्वयनमा नल्याइएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद उदय समशेर राणाले उपत्यकामा आन्तरिक पर्यटक बढेको बताउनु भयो । उहाँले नेपालमा थोरै समय निकालेर आउने तर टे«किङ गर्न चाहने पर्यटकहरुको लागि उपत्यकाका पदमार्गहरुलाई चलायमान बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले उपत्यका भित्र साइक्लिङ र पदमार्गलाई व्यवस्थित बनाउनसके मात्रै पनि पर्यटन प्र्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।