२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोर्खा सैनिकले उठाएका मुद्दा न्यायोचित रुपमा सम्बोधन हुने गृहमन्त्री लामिछानेको अपेक्षा



अ+ अ-

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनको शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा राजदूत फेनले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । भेटमा एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर(सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि गृहमन्त्रीले आभार व्यक्त गर्नुभयो ।

उहाँले लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र बञ्चितीकरण न्यूनिकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।

जाजरकोट भूकम्पको पुन:निर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने र नेपालको विकास निर्माण साझेदारीताका लागि नयाँ योजना ल्याउने क्रममा रहेको राजदूत फेनले गृहमन्त्रीलाई जानकारी दिनुभयो।

गोर्खा सैनिकले गरेको योगदान स्मरण गरेर बेलायत सरकारले तिनले उठाउँदै आएका मुद्दा न्यायोचित रुपमा सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको गृहमन्त्रीले बताउनु भयाे  ।

विकासमा साझेदारी अनन्तकालसम्म रहने अपेक्षा गर्दै राजदूत फेनले आफ्नो आग्रहलाई स्वीकार गरी शिष्टाचार भेट दिएकोमा गृहमन्त्रीलाई धन्यवाद व्यक्त गर्नुभयो।