२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधान एवं गृहमन्त्रीसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हस्मीको भेट



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हस्मीले भेट गर्नुभएको छ ।

बुधबार गृह मन्त्रालयमा भएको भेटमा राजदूत अब्रारले नेपाल र पाकिस्तानबीच अपराध नियन्त्रण सम्बन्धी सम्झौता हुन बाँकी रहेका समझदारी–पत्र उपर छलफल गर्न र पाकिस्तानबाट क्रिकेटसहितका खेलकुदमा क्लवस्तरमा समन्वय र सहकार्य गरी नागरिकस्तरसम्म असल सम्बन्ध स्थापित गराउन जोड दिनुपर्ने बताउनुभयो ।

पाकिस्तानी राजदूतले नेपाल र पाकिस्तानबीचमा उच्च तहको भेटघाट गराइ परस्पर जनसांख्यिक र सांस्कृतिक लाभ हासिल गर्ने विषय पनि राख्नुभयो । साथै, युवाहरुको ढुकढुकी र परिवर्तनको संवाहकका रुपमा स्थापित हुन सकेकोमा गृहमन्त्रीलाई बधाई दिनुभयो ।

गृहमन्त्री लामिछानेले भर्खर सम्पन्न निर्वाचनले स्थायी सरकार र शान्ति स्थापनामा उल्लेख्य योगदान गर्ने विषयमा आफू विश्वस्त रहेको बताउँदै पाकिस्तानी जनताप्रति शुभेच्छा व्यक्त गर्नुभयो ।

उहाँले लगानीका लागि नेपाल उपयुक्त देश रहेको र त्यसका लागि आवश्यक नीतिगत सुधार र भरपर्दो सुरक्षालगायतका प्रबन्ध गरिने भन्दै पाकिस्तानी लगानी भित्र्याउन समन्वयात्मक भूमिकाको अपेक्षा गर्नुभयो ।