• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक, मन छुने शब्दमा यथार्थवादी दृश्यहरू ★   गिरिबन्धु टि–स्टेट प्रकरणको निर्णय गर्नेलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ – महामन्त्री थापा ★   कांग्रेसले राष्ट्रियसभाको आजको बैठक पनि अवरुद्ध गर्ने ★   राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ★   सामाजिक अराजकता र अनुशासन हीनताले समाजलाई गलत बाटोतर्फ डोर्याइरहेको छ – महासचिव पोखरेल ★   धितोपत्र व्यवसायीको कमिसन घट्यो ★   नीति तथा कार्यक्रम सार्वजनिक हुँदै ★   दश महिनामा ६० प्रतिशत बजेट खर्च ★   गिरीबन्धु टी–स्टेटका मजदूरले पाएनन् पारिश्रमिक ★   सन्दीपको मुद्दामा बहस जारी, आजै फैसला आउने सम्भावना

गृहमन्त्रीलाई कृष्णगोपाल श्रेष्ठको प्रश्न: तपाई दुर्गा प्रसाईंको जस्तो हतियारसहित हिँड्नुहुन्छ कि हुन्न ?



काठमाडौँ । नेकपा(एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन ? भनेर प्रश्न गर्नुभएको छ ।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले राज्यका उच्च पदस्थ व्यक्तिहरुको सुरक्षाको सम्बन्धमा प्रश्न गर्नुभएको हो । उहाँले दुर्गा प्रसाईंजस्तो नागरिकले उच्च तहको हतियार बोकेर हिँड्ने गरेको भन्दै उनलाई त्यो तहको सुरक्षा आवश्यक थियो कि थिएन भनेर प्रश्न गर्नुभयो । उहाँले राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्री त्यो तहको हतियार बोकेर हिँड्छन् हिँड्दैन भनेर प्रश्न गर्नुभयो । उहाँले हतियार बोक्न अनुमति दिने अधिकारीको सम्बन्धमा पनि प्रश्न उठाउनुभएको छ ।

उहाँले भन्नुभयो – ‘एउटा नागरिकको सुरक्षाको लागि त्यो तहको हतियार बोक्नुपथ्र्यो कि पर्दैनथ्यो ? त्यति संख्याको गोलिगट्ठा बोक्नुपथ्र्यो कि पर्दैनथ्यो ? यो मुलुकको राष्ट्रपतिको सुरक्षामा हिड्ने सुरक्षाका अगुवा र पछुवाले कुन तहको हतियार बोक्छन् ? प्रधानमन्त्री, गृहमन्त्री हिड्दाखेरी अगाडी, पछाडी त्यो तहको हातहतियार र गोलिगट्ठासहित हिँड्ने गर्नुभएको छ कि छैन ? जवाफ दिनुपर्‍यो नि । लाइसेन्सप्राप्त हतियार ? लाज पनि छैन । कसले दिएको त्यो लाइसेन्स् । त्यस्तो हतियार बोक्ने लाइसेन्स कसले दियो ? लाइसेन्स चेक गर्नुपर्‍यो । दिने मान्छे को हो ? कहाँबाट दियो ? र त्यही हतियारको लाइसेन्स् दिएको हो कि होइन ? यसमा गृहमन्त्रीले गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले व्यवसायी दुर्गा प्रसाईंले जस्तै हतियार बोक्ने अरुपनि भएको हुनसक्ने भन्दै छानविन गर्न गृहमन्त्रीलाई आग्रह गर्नुभयो ।