२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीलाई कृष्णगोपाल श्रेष्ठको प्रश्न: तपाई दुर्गा प्रसाईंको जस्तो हतियारसहित हिँड्नुहुन्छ कि हुन्न ?



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन ? भनेर प्रश्न गर्नुभएको छ ।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले राज्यका उच्च पदस्थ व्यक्तिहरुको सुरक्षाको सम्बन्धमा प्रश्न गर्नुभएको हो । उहाँले दुर्गा प्रसाईंजस्तो नागरिकले उच्च तहको हतियार बोकेर हिँड्ने गरेको भन्दै उनलाई त्यो तहको सुरक्षा आवश्यक थियो कि थिएन भनेर प्रश्न गर्नुभयो । उहाँले राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्री त्यो तहको हतियार बोकेर हिँड्छन् हिँड्दैन भनेर प्रश्न गर्नुभयो । उहाँले हतियार बोक्न अनुमति दिने अधिकारीको सम्बन्धमा पनि प्रश्न उठाउनुभएको छ ।

उहाँले भन्नुभयो – ‘एउटा नागरिकको सुरक्षाको लागि त्यो तहको हतियार बोक्नुपथ्र्यो कि पर्दैनथ्यो ? त्यति संख्याको गोलिगट्ठा बोक्नुपथ्र्यो कि पर्दैनथ्यो ? यो मुलुकको राष्ट्रपतिको सुरक्षामा हिड्ने सुरक्षाका अगुवा र पछुवाले कुन तहको हतियार बोक्छन् ? प्रधानमन्त्री, गृहमन्त्री हिड्दाखेरी अगाडी, पछाडी त्यो तहको हातहतियार र गोलिगट्ठासहित हिँड्ने गर्नुभएको छ कि छैन ? जवाफ दिनुपर्‍यो नि । लाइसेन्सप्राप्त हतियार ? लाज पनि छैन । कसले दिएको त्यो लाइसेन्स् । त्यस्तो हतियार बोक्ने लाइसेन्स कसले दियो ? लाइसेन्स चेक गर्नुपर्‍यो । दिने मान्छे को हो ? कहाँबाट दियो ? र त्यही हतियारको लाइसेन्स् दिएको हो कि होइन ? यसमा गृहमन्त्रीले गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले व्यवसायी दुर्गा प्रसाईंले जस्तै हतियार बोक्ने अरुपनि भएको हुनसक्ने भन्दै छानविन गर्न गृहमन्त्रीलाई आग्रह गर्नुभयो ।