३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगको शीर्ष दसभित्र पर्यो लिड्स



अ+ अ-

लन्डन । प्याट्रिक बामफोर्डले गरेको आफ्नो खेल जीवनको सयौं गोलमा लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि २–० को जित निकालेको छ । यो जितपछि लिड्स अंक तालिकाको शीर्ष दसभित्र पनि पुगेको छ ।

ज्याक ह्यारिसनको गोलले अग्रता लिएको लिड्सका लागि २७ वर्षीय खेलाडी बामफोर्डले दोस्रो गोल थपे । उनले लिड्सका लागि ३८ गोलसँगै एमके डोन्सका लागि २१, डर्बीका लागि आठ र मिडल्ब्रोका लागि ३८ गोल समावेश छ ।

लिड्सको यो जितपछि २२ खेलबाट ३२ अंक भएको छ र दसौं स्थानमा रह्यो । प्यालेस भने २९ अंकमा १३औं स्थानमा छ ।