४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमिर टोलीमा फर्किएपछि पाकिस्तानसँग छ विश्वकै सर्वश्रेष्ठ बलिङ अट्याक ?



अ+ अ-

एजेन्सी । पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरले गत आइतबार (२४ मार्च) अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको सन्यासलाई फिर्ता लिएको घोषणा गरेका थिए ।

आमिरले जुनमा हुने टी–२० विश्वकप २०२४ का लागि उपलब्ध हुने बताएका थिए । आमिर फर्किएसँगै पाकिस्तानको पेस बलिङ आक्रमण बलियो भएको छ ? पाकिस्तानमा पहिले नै धेरै गुणस्तरीय फास्ट बलरहरू छन्, जसमा आमिरको आगमनले थप बलियो बनाउन सक्छ ।

तर, आमिरले टी–२० विश्वकप खेल्ने वा नखेल्ने भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन । पाकिस्तानले टी–२० विश्वकपअघि केही टी–२० सिरिज खेल्नुपर्नेछ । आमिर टी–२० सिरिजमा छनोट भएमा उनले टी–२० विश्वकप खेल्ने लगभग निश्चित हुनेछ ।

पाकिस्तानमा हाल शाहीन शाह अफ्रिदी, नसीम शाह र हरिस रउफ मुख्य पेसर छन् । मोहम्मद आमिरले यस बलिङ अट्याकमा आकर्षण थप्न सक्छन् । आमिर अनुभवी तेज बलर हुन् र पाकिस्तानका लागि खेल्दा उनले विश्वका सबै ब्याट्सम्यानलाई समस्यामा पारेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि आमिर लगातार विश्वभर टी–२० लिग खेल्दै आएका छन् । यस्तो अवस्थामा आमिरले टी–२० लिगको अनुभवलाई टी–२० विश्वकपमा राम्रोसँग प्रयोग गर्न सक्छन् । सन् २०२४ को टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकामा खेलाइनेछ ।

आमिरले जुन २००९ मा टी–२० अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । आफ्नो सन्यासको घोषणा गर्नु अघि, उनले आफ्नो करियरको अन्तिम अन्तर्राष्ट्रिय खेल अगस्त ३०, २०२० मा इङ्गल्याण्डविरुद्धको टी–२० खेल थियो । आमिरले ५० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् जसमा २१.४० को औसतमा बलिङ गर्दै ५९ विकेट लिएका छन् । यस अवधिमा उनले ७.२ इकोनोमीमा रन खर्च गरे ।