२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाद्वारा गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनीत



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा व्यक्तिलाई मनोनयन गर्नुभएको छ ।

उहाँले पार्टीको विधान, २०१७(संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा रणबहादुर रावल प्रमुख रहनुभएको उक्त विभागमा आज सदस्य मनोनीत गर्नुभएको हो ।

विभागमा डिल्लीराम गिरी, परमेश्वर महासेठ, सकुन्दराज आर्याल, प्रह्लादबाबु पन्त, यज्ञश्वर पौडेल, चूर्णबहादुर चौधरी, भैरवबहादुर विष्ट, तिलकबहादुर मल्ल, अम्बिकुमारी थापा र उत्तमराज जोशी मनोनयन हुनुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।