२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीका मेयर गोपाल हमालकी छोरी बेपत्ता, खोजी कार्यमा सहयोग गरिदिन अपिल



अ+ अ-

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन् । हिजो (सोमबार)बाट मेयर हमालकी छोरी आरती हमाल बेपत्ता भएकी हुन् ।

सामाजिक सञ्जालमा एक पोस्टमार्फत जानकारी दिँदै मेयर हमालले भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट आफ्नी जेठी छोरी हराएको बताएका छन् ।

बेपत्ता भएकी छोरी ओशो साधक भएको र उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको जनाएका छन् ।

हमालले आफ्नी छोरीको खोजीमा सहयोग गर्न अपीलसमेत गरेका छन् ।