२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता राजिव कपुरको निधन



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता राजिव कपुरको निधन भएको छ । हृदयघातका कारण मंगलबार अस्पताल लगिएका उनको उपचारकै क्रममा निधन भएको हो । उनी ५८ वर्षका थिए । ‘राम तेरी गंगा मैली’ स्टारर राजिव बलिउड अभिनेताहरू ऋषि कपुर र रणधीर कपुरका कान्छा भाइ हुन् ।

ऋषिकी पत्नी नीतुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राजिवको निधन भएको पुष्टि गरेकी छिन् । उनले राजिवको तस्बिरसहित लेखेकी छिन्, 'हार्दिक श्रद्धाञ्जली ।'

रणधीर अहिले भाइलाई राखिएको मुम्बईस्थित चेम्बर अस्पतालमै छन् । 'मेरो कान्छो भाइलाई गुमाउँदा निकै मर्माहत छु । डाक्टरले उनलाई बचाउन सक्दो प्रयास गरे', द टाइम्स अफ इन्डियाले उनको भनाइ उद्धृत गरेको छ ।

राजिवले 'एक जान है हम' बाट अभिनयमा डेब्यू गरेका थिए । 'राम तेरी गंगा मैली' मा पनि उनी प्रमुख भूमिकामा थिए । 'आसमान', 'लभर ब्वाइ',  'जबरजस्तु', हम तो चले पर्देसुलगायत फिल्ममा काम गरेका उनको अन्तिम फिल्म 'जमिनदार' हो ।