११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीर अस्पतालको बिस्तारित अस्पताल बनाउन आर्थिक अभाव हुँदैन : अर्थ मन्त्री पौडेल



अ+ अ-

काठमाडौं । अर्थ मन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको बीर अस्पतालको बिस्तारित अस्पताल बनाउन आर्थिक अभाव नहुने बताउनु भएको छ ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा बिस्तार गर्न लागिएकोे निर्माण क्षेत्रको अवलोकन गर्दै मन्त्री पौडेलले वीर अस्पताल विस्तारका लागि कुनै पनि निकायवाट बाधा नहुने बताउनुभएको हो । उहाँले वीर सम्म पुग्ने बाटो निर्माणमा केन्द्रले नै काम गर्ने बताउनु भयो । आगामी छ महिना भित्रमा विजुली पानी तथा अत्यावश्यक सेवा उपलब्ध समेत उहाँले बताउनुभयो । उहाँले सडक डिभिजन, विद्युत प्राधिकरण,खानेपानी तथा अन्य निकायका सचिव तथा सम्वन्धित न्याम्स तथा वीरका पधाधिकारीहरुलाई साथै स्थानीय निकायका प्रमुखलाई पनि छ महिना भित्र प्रगती प्रतिवेदन पेश गर्न आग्रह गर्नुभएको थियो ।

अर्थ मन्त्री सँगै स्थलगत अवलोकनमा पुग्नु स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीले वीर अस्पताल जस्तो ठुलो प्रोजेक्टमा यथासक्य छिटो काम थालनी गर्न आफूहरु दिलो ज्यान भएर लागेको बताउनुभयो । उहाँले दुवाकोट बासीले यस कामलाई आफ्नै ठानेर सहयोग गर्न आग्रह गर्नुभयो । विस्तारित वीर अस्पतालको कामले छिटो भन्दा छिटो थालनी पाउने उहाँले बताउनुभयो ।

चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा विस्तार हुन लागेको वीर अस्पतालको लागि सरकारले न्याम्सको नाममा ५७० रोपनी जग्गा दिएको छ । मनोहरा खोला किनारमा अवस्थित उक्त स्थानमा वीर अस्पतालका विभिन्न भवन तथा शैक्षिक संस्थाहरु तथा ल्यावहरु बन्ने छन् । जसका लागि सरकारले चिनिया कम्पनी सँग सम्झौता गरि सकेको भएपनि चिनिया कम्पनीले भने ढल पानी विद्युत बाटो लगाएत कुनै पनि भौतिक पूर्वाधार विना आफूहरु काम गर्न नसक्ने भनी पन्छेपछि एक वर्ष देखि काम यतिकै थाँती रहेको थियो । स्थलगत अवलोकनमा अर्थ मन्त्री , स्वास्थ्य मन्त्री , स्वास्थ्य राज्य मन्त्री, खानेपानी, अर्थ, स्वास्थ्य सचिब, न्याम्सका उपकुलपती ,चाँगुनारायण नगरपालिकाका प्रमुख तथा स्थानीय निकाय पदाधिकारीहरु पुगेका थिए ।