२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री करिना कपुर दोस्रो सन्तानलाई जन्म दिदैँ



अ+ अ-

एजेन्सी । अभिनेत्री करिना कपुर दोस्रो पटक गर्भवती रहेकी छिन्। भारतिय मिडियाका अनुसार उनले यही फेबुअरीमा दोस्रो बच्चालाई जन्म दिने समाचार बाहिरिएको हो । 

त्यसैले बलिउड अभिनेता सैफ अलि खान फिल्मको सुटिङबाट केही समय ब्रेक लिने भएका छन् । करिना दोस्रो पटक आमा बन्ने भएपछि सैफले ब्रेक लिने भएको हो । यसै कारण सैफ अलिले कामबाट ब्रेक लिने सोच गरेका छन् ।

उनले एक अन्तवार्तामा घरमा नयाँ बच्चा हुन लागेका बेला कसैलाई पनि काम गर्न मन नलाग्ने बताएका छन् । उनले भने, 'घरमा नयाँ बच्चा हुन लागेका बेला कसलाई पो काम गर्न मन लाग्छ। यदि तपाई आफ्नो बच्चा हुर्किँदै गरेको हेर्नु हुँदैन भने, तपाई गल्ती गर्दै हुनुहुन्छ' ।

उनले अर्को महिनासम्मका लागि सुटिङबाट ब्रेक लिन सक्ने बताइएको छ । फिल्म 'तन्हाजी – द अनसुन वारियर' का निर्देशक ओम राउतको नयाँ फिल्म 'आदिपुरुष' को सुटिङ अहिले भइरहेको छ । साउथ सुपरस्टार प्रभास र सैफ अलि खानको मूख्य भूमिका रहेको यस फिल्मलाई निकै महत्वपुर्ण रुपमा हेरिएको छ । फिल्ममा प्रभासले राम र सैफअलिले रावणको भूमिका निभाउदैछन् । बलिउड अभिनेता सैफ अलि अहिले यसै फिल्मको सुटिङमा छन् ।