२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली नदीमा हाम फालेका लोकेन्द्र शाही नदीमा बेपत्ता



अ+ अ-

काठमाडौँ । कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली नदीमा हाम फालेका लोकेन्द्र शाही नदीमा बेपत्ता  बेपत्ता  भएका छन् ।

पुलबाट पौडी खेल्न हाम फालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय शाही नदीमा बेपत्ता भएका थिए ।

बेलौरी स्थायी घर भए पनि उनी कैलालीको लम्कीचुहा नगरपालिका ३, चिसापानीमा बस्दै आएका थिए ।

घटनालगत्तै डुंगाबाट उनको खोजीकार्य गरिएको छ ।

अपडेटः शाहीको शव भेटिएको छ । टिकापुर नगरपालिका २ स्थित नदीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएको हो । शाहीका आफन्तले शवको सनाखत गरेका छन् ।