काठमाडौँ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले तीन ओभरमा दुई विकेट गुमाएको छ ।
नेपालले पहिलो विकेटमा ओपनर आसिफ शेखलाई र दोस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।
आसिफ तीन ओभरको दोस्रो बलमा १६ रन बनाएर आउट भए । उनी आउट भएपछि मैदानमा आएका कप्तान पौडेल पनि सोहि चौथो बलमा शुन्य रन बनाएर आउट भए ।
नेपालले ताजा स्थितीमा चार ओभरमा ३२ रन बनाएर दुई विकेट गुमाएको छ ।