• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

२३ सदस्यीय बन्यो मन्त्रिपरिषद्, जसपाका कार्की राज्यमन्त्रीमा नियुक्त



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ ।

सोमबार प्रतिनिधिसभा जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको हो ।

कार्कीको आजै शपथको तयारी गरिएको छ । उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्री नियुक्त गरी वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहेका छन् ।