३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचन कुन खिमलालले बुझेको संविधानको धारा ठिक ?



अ+ अ-

काठमाडौँ । यतिबेला स्थानीय तहको निर्वाचन बैशाखमा कि असोज पछि भन्ने बहस भइरहेको छ । सत्ता गठबन्धनको छलफल पनि स्थानीय तहको निर्वाचनमा केन्द्रीत रहेको छ । नेपाली काँग्रेसले औपचारिक रुपमा यस बारेमा कुनै औपचारिक दृष्टिकोण सार्वजनिक गरिसकेको छैन तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर तिर मात्र निर्वाचन हुन सक्ने बताउँदै आउनु भएको छ ।

प्रमुख प्रतिपक्ष एमाले सहित अधिकांश कानून व्यवसायीहरुले निर्वाचन बैशाखमा नै गर्नुपर्ने बताउँदै आएका छन् । माओवादी केन्द्रका नेता एवं संविधानविद् खिमलाल देवकोटा स्थानीय तहको निर्वाचन संविधान अनुसार मंसीरमा हुनु पर्ने तर्क गर्नुहुन्छ भने  राष्ट्रियसभामा स्वतन्त्र सांसद डा. खिमलाल देवकोटा संविधान अनुसार बैशाखमा नै निर्वाचन हुनुपर्ने बताउनु हुन्छ ।

माओवादी केन्द्रका नेता खिमलाल देवकोटा सामाजिक सञ्जालमा लेख्नुहुन्छ – कानुन वमोजिम गर्ने ? कार्यकाल समाप्त हुनुभन्दा दुइ महीना अगावै फागुनमा गर्नपर्छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ संविधान वमोजिम गर्ने ? कार्यकाल समाप्त भएको छ महिना भित्र मंसिरमा संविधानको धारा २२५ कानुन वमोजिम हो भने फागुन हुनुपर्थ्यो, संविधान वमोजिम हो भने मंसिर हुनपर्थ्यो । यो वैशाख किन र कहाँबाट र के-का आधारमा आएको होला नबुझेर अलमल परेका वेला रास्ट्रपतिको लिखितै पत्र त्यो पनि बैशाखमै भनेर आयो रे भन्ने कुरा सुन्नमा आयो । त्यसो हो भने फेरि शीतल निवास चलखेल गर्ने धन्दामा लाग्यो ???

तर सत्ता गठबन्धनका अर्का नेता डा. खिमलाल देवकोटा भने गठवन्धनलाई उक्साएर निर्वाचन सार्न  संविधानको छिद्र खोजेर तेताहरु गलत बाटोमा गएको बताउनु हुन्छ ।

देवकोटा लेख्नुहुन्छ – सेटिङ्गको पर्खाल र डोरीलाई सिङ्गो नागरिक समाज लगायतको आन्दोलनले नभत्काएको र नचुडालेको भए दुई-दुई चोटीको प्रतिनिधि सभाको विघटन पुनस्थापना हुने थिएन । यो सरकार बन्ने थिएन ।  तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको छिद्र खोजेर प्रतिनिधि सभा विघटन गराउन उक्साएजस्तै अहिले केही व्यक्तिहरु स्थानीय तहको चुनाव सार्न र टार्न सकिन्छ भनेर उक्साउँदै छन् । हिजो ओलीलाई उक्साउनेहरु गलत थिए । अहिले गठवन्धनलाई उक्साउनेहरु पनि गलत छन् । नागरिक समाज लगायतको आन्दोलन लोकतन्त्र, विधि, पद्धति र संविधानवादका पक्षमा थियो । यसको विपरित जाने छूट कसैलाई पनि छैन ।