१ असार २०८३, सोमबार
,
Latest
सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली पैदा हुनुको पछाडि ग्राउण्ड कहाँ तयार भयो समिक्षा गरौ : जनार्दन शर्मा



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका कर्णाली प्रदेशका इन्चार्ज जनाद्र्धन शर्मा प्रभाकरले जनताको ठूलो बलिदानीबाट प्राप्त उपलब्धि संघीय संविधानलाई प्रधानमन्त्रीले कुर्सीसंग साटेको बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले विहिबार काठमाण्डौमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दे उहाँले कुर्सी र पदसंग प्रधानमन्त्री ओलीले संविधान र संघीयता साट्ने काम गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “संविधानलाई केपी ओली जीले कुर्सी संग साट्नुभयो । संघीयतालाई उहाँले पदसंग साट्नुभयो । ”

उहाँले संविधान र संघीयता कुर्सी र पदसंग साटिन नसक्ने भन्दै खबरदारी गर्नुभयो ।

शान्तिपुर्ण आन्दोलनमा आएका जनता कुनै दिन विद्रोहमा पनि उत्रन सक्ने  चेतावनी उहाँले दिनुभयो । उहाँले राजनीतिक पार्टीका सिमित नेतामा असिमित अधिकार दिने काम भएको र त्यही असिमित अधिकार केपी ओलीलाई दिएकाले अहिलेको परिणाम निम्तिएको तर्क गर्नुभयो । उहाँले त्यसको समिक्षा पार्टीले गर्नुपर्ने र जिम्मा पनि लिनुपर्ने भन्दै आफ्नो तर्फबाट आफुले जिम्मा लिन तयार रहेको बताउनुभयो र उहाँले भन्नुभयो “सिमिति राजनीतिक पार्टीका सिमित नेताहरुमा असिमित अधिकार हुनुको परिणाम होक आज यो । केपी ओलीमा असिमित अधिकार भएको कारणले यो भएको छ । केपी ओलीलाई गाली गर्ने कुरा मात्रै नभएर केपी ओली पैदा हुनुको पछाडि त्यो ग्राउण्ड कहाँ तयार भो ?कसरी केपी ओली पैदा भए ? त्यसको समिक्षा गर्नुपर्छ ? त्यसको जिम्मा लिनुपर्छ । त्यसको आफ्नो ठाउँबाट म जिम्मा लिन तयार छु । कहाँबाट केपी ओली पैदा भए ? अन्यथा यो समिक्षा गरेनौ र यो कुरा स्वीकार गरेनौ भने फेरि महेन्द्रहरु जन्मनेछन् । फेरि केपी ओलीहरु जन्मनेछन् । त्यसलाई जन्मन नदिनका लागि हामीले समिक्षा गर्नुपर्छ । ”

उहाँले पार्टीको रुपान्तरण आवश्यक रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो “यसैगरी जनताले घेराबन्दी गर्ने पार्टी नेतृत्व दलालहरुले घेराबन्दी गर्ने होइन । आज दलालहरुले घेराबन्दी गर्ने अवस्था छ । त्यसको अन्त्य गरेर जनताको विचमा नेतृत्व हुर्कनुपर्छ । ”

संविधान अनुसारको जनअधिकार कानुन बनाउने क्रममा भाँचकुच पारिएको, संविधान लागु गर्न नदिन अपाग बनाईएको, ओम्नीको नाममा जनताको अधिकारमाथि खेलवाड गरिएको छ,समावेशी समानुपातिक अधिकारलाई कुण्ठित गर्नेका विरुद्ध निरन्तर संहर्ष गर्दै आएको स्मरण गर्दै उहाँले नयाँ कुलमान निर्माण गर्नुगर्ने आवश्यकता औल्याउनुभयो ।

राज्यका सबै संरचनाहरु लोकतान्त्रिकरण हुन नसक्नुको परिणाम अहिले भोग्नुपरेको भन्दै उहाँले सबै परिर्वतनकामी जगतलाई लोकतन्त्रको रक्षाको आन्दोलनमा सहकार्य गर्न आव्हान पनि गर्नुभयो ।




भर्खरै